News Category 2076/11/21

सन्दर्भ मलेठ घटना ः मानवताको खिल्ली उडाइएको थियो भने दमन र शोषणको पुष्ठपोषक बनेका थिए

दैनिक समाचारदाता

सन्दर्भ मलेठ घटना ः मानवताको खिल्ली उडाइएको थियो भने दमन र शोषणको पुष्ठपोषक बनेका थिए

अमरनाथ मण्डल
    मधेशको अधिकार सुनिश्चितको लागि मधेशी मोर्चा नेतृत्वमा संचालन महान मधेश आन्दोलनको उचाईमा पुगिरहेको बेला अधिकारबाट बञ्चित मधेश र मधेशी, आदिवासी, मुस्लिम, जनजाति, दलितहरुले वर्षौदेखि पिडाको शिकार भोग्दै आएको अवस्था र सन्दर्भमा विश्वको इतिहासिक ६ महिनासम्म चलेका महान मधेश आन्दोलनमा सयौंले शहादत दिएका भने हजारौं मधेशी आन्दोलनकारीहरु घाइते भएका थिए । आन्दोलनको केही क्रममा मधेशी जुझारु आन्दोलनकारीहरु अहिले पनि मुद्दा खेपिरहेका छन भने कतिपयले जेल जीवनको यातना भोगि रहेका छन् । 
    मधेश आन्दोलनको सन्दर्भमा नै बिना मौसमको बजा बजाउने प्रधानमन्त्रीको शान्ति अभियान संचालन गरी मधेशमा आन्दोलनको मम्र र भावना विपरीत आन्दोलन शान्त पार्नको लागि अभियानको स्वरुपमा संचालन गरेका तत्कालिन नेकपा एमाले र हाल नेकपाका नेताहरु र प्रधानमन्त्री स्वयम्ले मधेश छिर्ने आन्दोलनको बेला आगोमा घ्यू हाल्ने प्रयासले झन मधेशको आन्दोलन चर्कियो जसको फलस्वरुप सप्तरीमा प्रधानमन्त्री लगायतका ¥यालीमा सहभागिता हुन आइरहेका टोलीहरुलाई मधेशी मोर्चा सप्तरीले बारम्बार ¥याली रोक्न सप्तरीमा ¥याली नगर्न आग्रह गर्दा पनि अटेर गरी २०७३ फागुन २३ गते सप्तरीको मलेठको औद्योगिक क्षेत्र सभाको आयोजना ग¥यो । 
    मधेश आन्दोलनले पाइरहेको उचाई र संविधानमा मधेशीको अधिकार पूर्णरुपमा सुनिश्चित नभएको सन्दर्भमा चलिरहेको आन्दोलन संविधान संशोधन, मधेशको अधिकार, नागरिकता समस्या, मधेश प्रदेश जस्ता सवालहरुको मुल मुद्दासाथ चलिरहेको महान मधेश आन्दोलनले सप्तरीमा एउटा विकराल रुप सिर्जना गरेका थिए । मधेशमा दिनहुँ भइरहेको हत्या मधेशी जनताप्रतिको क्रुर र दमन तथा यातना थप्दै थिए भने मधेशका आन्दोलनकारीहरुलाई गोली हानी हत्या गरिरहेको बेला नरसंहार गरिरहेका बेला मधेशी जनताहरु आक्रोशित थिए । त्यसबेला मानसिकता नबुझ्नु अवस्थाले लिएर प्रधानमन्त्री केपी ओलीको टोली सप्तरी आईपुग्दा ६ जना मधेशी जनतालाई निर्ममतापूर्वक हत्याको क्रुर नरसंहारको शिलशिला चल्यो । दुई दर्जनभन्दा बढी मधेशी आन्दोलनकारीहरु घाइते भइ जसको परिणाम मलेठको घटनाले मधेशलाई झन तातो बनायो । 
    मलेठ घटनाको सन्दर्भमा विभिन्न किसिमका छानविन समितिहरु सरकारी पक्षबाट गठन भयो भने सो छानविन समितिहरु शासकवर्गहरुलाई दोषीको भाग्यदारी बनाई अहिले मधेश आन्दोलनको जनादेश पाएर समाजवादी र राजपाको सरकार प्रदेशमा रहेका छन भने संघीय सरकारमा राजपा र समाजवादीले सम्मानजनक मतको अवस्था हासिल गर्न सफल भए । तर शहादत भएका शहिदहरुको सपनालाई तथा मधेश आन्दोलनको जनादेशलाई मधेशी दलहरु वेवस्था गरी हिडिरहेको बेला मधेशी जनताहरु अहिले आक्रोशित बन्दै गइरहेका छन् । 
    खासगरी मलेठका शहिद भएका सपना मधेशलाई अधिकार प्राप्तिको सन्दर्भ रहेको थियो भने मलेठ घटनामा शहादत भोगेकाहरुको परिवारिक अवस्था र उहाँहरुको परिवारलाई मधेशी दल सम्मिलित रहेका प्रदेश २ का सरकार अहिलेसम्म कुनै प्रकारको सक्रिय चासो नदेखाएको शहिद परिवारहरुको गुनासो रहेका सन्दर्भ रहेको छ।  शहिद परिवारहरुको अवस्था हेर्दाखेरी आर्थिक, सामाजिक, शैक्षिक, तथा रोजगारीको दृष्टिकोणमा प्रदेश सरकारले विभिन्न किसिमका वाचा र वचन दिएतापनि हालसम्म शहिद परिवारहरुको परिवारिक विकासको सन्दर्भ लिएर प्रदेश २ सरकारले  कुनै ठोस कदम चालेको छैन । 
    मलेठ घटना एक जना शहिद संजन मेहताको बुवाले पानको पसल खोली आफ्नो जीवनयापन गरिरहेको सन्दर्भमा उहाँले प्रदेश सरकारले शहिद परिवारलाई एक जनालाई परिवारमा रोजगारी दिने वचन दिएतापनि हालसम्म रोजगारीको कुनै पहल नभएको गुनासो गर्छन् । त्यस्तै शहिद भएकाहरुको सम्मानमा प्रदेश सरकारबाट शहिद स्तम्भ, शहिद स्मारक हालसम्म निर्माणको अधुरो क्रममा रहेका छन् भने कतिपय मलेठ घटनामा शहादत प्राप्त गरेकाहरुको परिवारको अवस्था दायनिय बन्दै गइरहेको छ । अधिकार प्राप्तिको महान आन्दोलनको क्रममा आफ्नो ज्यानको बाजी लगाई शहादत दिएका शहिदहरुको सम्मान र स्मरणमा मधेशी दल, मधेशी नेता र प्रदेश २ सरकार सक्रियतामा कमिकमजोरी भइरहेको सन्दर्भ लिएर मधेशको बुद्धिजीविहरुको विश्लेषण रहेको छ । 
    कुनै पनि अधिकारको आन्दोलन लामो हुने गरेको र वर्षौ–वर्षौ चल्ने गरेको सन्दर्भमा जातिय विभेदीकरण, समानताको हक र राज्यमा बराबरको साझेदारीको लागि विश्व परिवेशमा गरिएका विभिन्न किसिमका आन्दोलनहरुमा धैर्यता र आन्दोलनलाई निरन्तरताको आवश्यकता अपरिहार्य रहन्छ ।
    मधेश दलहरुले देखाइरहेका सत्ता मोह, कुसी मोह, पदलुप्ताको क्रमिक आचरणहरुले गर्दा मधेशी जनताहरु, मधेशी दल र मधेशी नेताहरुलाई शंकाको घेरामा राखेका छन् । निर्वाचनको बेला मधेशका दुई प्रमुख दल तत्कालिन फोरम हाल समाजवादी र राजपा तालमेल गरी निर्वाचन लडेको सन्दर्भ लिएर मधेशी जनताहरुले आफ्नो मतको सवालमा मधेशी दललाई दान गरेका थिए भने तर अहिले आएर मधेशी दलहरुको आपसी फुट र सरकारमा सहभागिताको क्रमिक प्रतिक्रियाहरुले मधेशी जनताहरु निराशको वातावरणमा पुगेका छन् । 
    मधेशका मुल एजेन्डा तथा मधेशका शहिदहरुको सपना संविधान संशोधन र मधेशको अधिकार रहेकोले उनीहरुको मर्म भावना विपरीत गुट, उप–गुटमा विघटन भई फुट्ने गरेको सन्दर्भ र मधेशको मर्म भावना विपरीत सरकारमा सहभागिता हुनेले शहिदहरुको सम्मानमा अघात पुगेका छन् । त्यसैकारण फागुन २३ को त्यो क्षणका स्मरण गर्दै मलेठ घटनाको काल खण्डलाई खस्मरण गर्दै मधेशी दल, मधेशवादी नेताहरु एकरुपता भई मधेश आन्दोलन दिएका जनादेशहरुको सम्मान गर्नुपर्ने नै मलेठ घटनामा शहादत भएकाहरुको प्रतिको सच्चा श्रद्धाञ्जली हुने छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट