News Category 2076/11/25
प्रदेश क्रिकेट संघले कप्तान, प्रशिक्षक तथा छनौट समितिसँग लिखित जानकारी लिने
दैनिक समाचारदाता
बर्दिवास, २५ फागुन ।
हालै प्रदेश नं. २ सिनियर क्रिकेट टोलिको प्रर्दशनप्रति गम्भीर ध्यानार्कषण भएको जनाउँदै प्रदेश नं. २ क्रिकेट संघले खस्कदो प्रदर्शनको बारेमा कप्तान, प्रशिक्षक तथा छनौट समितिसँग लिखित जानकारी लिने निर्णय गरेको छ ।
बर्दिवासमा शनिबार सम्पन्न संघको तेश्रो बैठकले सो लिखित जानकारी लिने निर्णय गरेको हो ।
बैठकले नेपाल क्रिकेट संघले जारी गरेको क्यालेण्डर अनुसार जिल्ला तथा प्रदेशमा गतिविधी ष् स्संचालन गर्ने तथा प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता संचालनको जिम्मेवारी सिरहा जिल्ला क्रिकेट संघलाई दिने निर्णय समेत गरेको छ ।
आगामी दिनमा टोलिको प्रर्दशनलाई गम्भीरताका साथ हेरिने तथा प्रदेशका खेलाडीहरुको जिवन बिमा गर्ने निर्णय समेत गरेको संघका सचिव आयूष श्रेष्ठले जानकारी दिएका छन् ।
प्रदेश नं २ मा रहेका अम्पाएर तथा स्कोररहरुको भेला बोलाई एउटा समिति निर्माण गर्ने, प्रदेश २ का लागि प्रशिक्षक तथा सप्तरी, सिरहा, महोतरी, सर्लाही, रौतहट र बारा गरि ६ जिल्लामा क्रिकेट प्रशिक्षक नरहेकाले नेपाल क्रिकेट संघ र राष्ट्रिय खेलकुद परिषदसँग प्रशिक्षक माँग गर्ने निर्णय गरिएके उनले बताए ।
बैठक पश्चात् संघका पदाधिकारीहरुले महोत्तरीको बर्दिवासमा महिला क्रिकेट टोलिको प्रशिक्षण अवलोकन पनि गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
- 2082/09/23 अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
- 2082/09/23 दुई पालिकामा न्यानो कम्बल वितरण
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ