News Category 2076/11/26
मुख्यमन्त्रीलाई महामुर्ख र राजपा महासचिव सुमनलाई पटमुर्ख घोषणा
दैनिक समाचारदाता
जनकपुरधाम, २६ फागुन ।
होली पर्वको अवसरमा मिथिला नाट्कला परिषदले प्रत्येक वर्ष एक विशिष्ट व्यक्तित्वलाई दिने महामुर्खको पदवी यस वर्ष प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई प्रदान गरेको छ । यस्तै राजपाका महासचिव एवं प्रदेश सांसद मनिष सुमनलाई पटमुर्खको उपाधि घोषणा गरिएको छ ।
जनकपुरधामस्थित जानकी मन्दिर प्रांगणमा सोमबार भएको महामुर्ख सम्मेलनमा दुबैजनालाई महामुर्ख र पटमुर्खको घोषणा गरिएको हो ।
मिथिलाको कला संस्कृतिलाई संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधामममा हास्यव्यंग्य सांस्कृतिक कार्यक्रम महामुर्ख सम्मेलन गर्दै आएको छ ।
त्यस्तै प्रदेश सांसद रामअशिष यादवलाई हराशंख, नेकपा प्रदेश सांसद रामचन्द्र मण्डल सिलौटा, राजपाका प्रदेश सांसद प्रमेश्वर साहलाई भभकौवा, जनकपुरधामकी उपमेयर रीता झालाई टुनमुसरी, पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष अनिल मिश्रलाई लोढाशंकर, मैथली विकास कोषाका अध्यक्ष जिवनाथ चौधरीलाई घरघुसना, साहित्यकार रोशन जनकपुरीलाई बेलगोवना, युव अभियन्ता सुशील कर्णलाई बेश कुल्हैर, पिपरा नगरपालिका प्रमुख विक्रम चौधरीलाई खाप सुरत, पुनम झालाई अदलबदली, बलराम साहलाई बज्रकिट उपाधि प्रदान गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ