News Category 2076/12/02

कोरोना भाइरसको त्रासबाट उत्पन्न भइरहेको विकृती

दैनिक समाचारदाता

कोरोना भाइरसको त्रासबाट उत्पन्न भइरहेको विकृती

अमरनाथ मण्डल
    विश्वको सयौ देशभन्दा बढी देशहरुमा कोरोना भाइरसको संक्रमण देखापरिरहेको अवस्थामा विश्वमा त्रासको मनोदशाबाट गुजर्न बाध्य भएका छन् । चिनबाट शुरु भएका कोरोना भाइरस विश्वको प्रतिशतको हराहारीमा सबै देशमा देखापरेको अवस्थामा हजारौंको संख्यामा यस भाइरसबाट मृत्यु भइसकेकोले नेपालको छिमेकी राष्ट्र चिनबाट शुरु भएको भाइरस अहिले हाम्रो छिमेकी राष्ट्र भारतमा पनि व्यापक रुपमा संक्रमण बढीरहेको सन्दर्भ लिएर नेपालमा पनि यस भाइरसको संक्रमणको त्रासले अनेकौं किसिमको अवैधानिक क्रियाकलापहरु भइरहेको छ ।
    कोरोना भाइरसको त्रासले नेपालमा पनि समाजिक सञ्जालहरुबाट भाइरस नेपालमा भित्रिसकेको अफवाहहरु कारणले गर्दा तथा हाम्रा छिमेकी राष्ट्र भारतको नाकाहरुमा चेक जाँचहरु बढी रहेको अवस्थामा अनेकौं किसिमको अडकलवाजीहरु शुरु भएका छन् । चाँडै नेपाल–भारतको सबै नाकाहरु बन्द हुने हल्लाहरुको कारणले गर्दा अहिले बाजारमा वस्तु भाउहरुको मूल्य बढ्न थालेका छन् । यसै सन्दर्भमा जीवनयापनको एउटा माध्यम खाना पकाउने ग्याँस सिलिण्डर रहेको अवस्थामा अहिले ग्याँसको आपूर्तिमा असहज वातावरण सिर्जना भइरहेको छ भने अवैध बाटोबाट चर्को मूल्यमा तुरुन्त ग्याँसको पूर्ति हुने गरेको पनि देखिन्छ । त्यस्तै औषधीदेखि लिएर अन्य वस्तु भाउहरुमा मूल्यहरु थप मूल्यहरुको वृद्धि भइरहेको छ भने औषधीहरुमा पनि पूर्तिको लागि असहज वातावरण भइरहेको देखिन्छ । 


    अहिले बिलेकमा अन्य उपभोग्य वस्तुहरुको किनबेचको अवस्था बढि रहेको देखिन्छ भने ग्याँस जस्तो महत्वपूर्ण उपभोग्य वस्तुहरु मानिसहरुले एक परिवारमा, एक घरमा एक भन्दा बढि सिलिण्डरहरु संकलन गरी राख्न थालेका छन् । त्यस्तै मुखमा लगाउने मास्कको पूर्तिमा अहिले वाजारमा पूर्ण रुपमा अभाव देखिएको छ । पसलहरुमा चर्को मूल्यमा मास्कको विकृवितरण भइरहेको देखिन्छ । नेपाल बाजारमा सहज रुपमा वस्तुहरुको उपलब्ध हुने अवस्थामा त्रासको मनोदशाले अवैध रुपमा विकृवितरण गर्ने प्रवृतिहरुमा फड्को मारिरहेको देखिन्छ । 
    हल्लाले देखेएका विकृतिहरुमा अहिले परिवारहरुमा त्रासको वातावरण उत्पन्न भई रोजगारी तिर जानबाट समेत पारिवारिक दवावको कारणले असर पुर्याइरहेका छन् । त्यस्तै विदेशमा रहेका आफन्तहरुको चिन्ताले मांसिक सन्तुलनमा अविभावकहरुलाई असर पु¥याइरहेका छन् । आफ्ना छोरा छोरीहरुलाई भाइरसको डर, त्रासले विद्यालय नपठाउने, त्रासको उत्पन्न भई पढाईमा प्रत्यक्ष रुपमा असर पु¥याइरहेको देखिन्छ । त्यस्तै निजि कामहरुकोलागि बाहिर जानुपर्ने अवस्था आवश्यकता रहेतापनि त्रासले बाहिर जान नपाइ मनोवैज्ञानिक असरबाट त्रास उत्पन्न भइरहेका छन् ।
    नेपालमा अधिकारिकता रुपमा नेपाल सरकारले कोरोना भाइरस नेपालमा भित्रिएको पुष्टि अहिलेसम्म नगरेको अवस्थामा यस भाइरसबाट नेपालमा एक जनामा पनि कोरोना संक्रमण नदेखिएको अवस्थामा सामाजिक सञ्जालहरुबाट भ्रमको स्थिति सिर्जना गरी त्रासको वातावरण उत्पन्न गरी अवैधानिक रुपमा वस्तु भाउहरुमा मूल्य बढाउनु जस्ता गैरकानूनी कार्यहरुलाई समय अनुरुप सम्बन्धित निकायले सक्रियताको साथ अनुगमण निरिक्षण गरी कानूनी कारवाहीको दायरामा पु¥याउनुपर्ने अवस्था देखिन्छ । कोरोना भाइरसको संक्रमणको त्रासमा होइन  यस्ता भाइरसबाट बच्नको लागि तथा यस्ता भाइरसहरु नेपाल भित्र नआउन दिनकालागि सबै सचेत नागरिक लगायत संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार समेतको सक्रियताको आवश्यकता देखिन्छ । हामी यस्ता भाइरसको संक्रमण नबढ्न दिन नियमित रुपमा साबुन पानीले हात धुने, खोक्दा र हाछ्यू गर्दा नाक र मुख छोप्ने, ठुलो लक्षण देखिएमा तुरुन्त चिकित्सकसँग परामर्श लिने, यस्ता लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहने, जङ्गली तथा घरपालुवा पशुपंछीहरुबाट असुरक्षित सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु तथा अण्डा राम्रोसँग पकाएर मात्र खाने तथा मास्क लगाउँदा नियमित मास्कलाई सफा राख्ने जस्ता सावधानीहरु अपनाउनु पर्ने देखिन्छ ।
    सचेत र सचेतनाको आधारलाई सुरक्षित राख्न स्वास्थ्य संस्था खासगरी ग्रामिण स्तरका स्वास्थ्य चौकी तथा उपचौकीहरुमा नियमित रुपमा प्राविधिक तथा चिकित्सकहरुको उपस्थिति रही जुनसुकै अवस्थामा तम्तयार भई सक्रियताको साथ अगाडि बढ्नु पर्ने अवस्थालाई सिर्जना गर्नु प्रमुख दायित्व स्थानीय सरकारको रहेकोले अहिले स्थानी सरकारहरु अन्य विकाशीय कार्यहरुमा ध्यानलाई केन्द्रिकृत नगरी स्वास्थ्य क्षेत्रलाई बढि प्राथमिकताको साथ स्वास्थ्य चौकी तथा उपस्वाथ्य चौकीहरुमा विशेष प्राविधिकहरुको उपस्थितिहरुलाई कायम गरी अन्य स्वास्थ्य जाँच उपकरणहरुको व्यस्था मिलाई  स्वास्थ्य चौकीहरुमा पठाउनु पर्ने अवस्था देखिन्छ ।
    त्यस्तै जिल्लामा रहेका जिल्ला अस्पतालहरुलाई यस भाइरसबाट बच्नको लागि स्वस्थ्य प्राविधिक टोलीहरु लगायत चिकित्सकहरुलाई पूर्ति गर्न अन्य विकाशीय बजेटहरुलाई कटौती गरी स्वास्थ्य क्षेत्रमा लगाउनुपर्ने स्थानीय सरकारहरुको जानुपर्ने देखिन्छ । तथा कोरोना भाइरसको त्रासबाट उत्पन्न भएका समाजमा अवैधानिक गतिविधिहरुलाई स्थानीय, प्रशासन, अनुगमण निरिक्षण गर्ने सम्बन्धित निकायहरु सक्रियताको पाइलाहरु अगाडि बढाउनुपर्ने अवस्थाको सिर्जना गर्नुपर्छ । हामी सरसफाई सावधानी अपनाए भने यस्ता भाइरसहरुबाट सुरक्षित हुने वातावरणको सिर्जना हामी आफैले गर्ने सक्छौ । तर त्रासमा, हतारमा कुनै प्रकारका गतिविधिहरु संचालन गरी वस्तु भाउहरुको खाँचोको अवस्था सिर्जना गर्नु कदापि कसैको हितमा देखिदैन ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट