News Category 2076/12/07

बिचौलिया र कालाबजारीयालाई कानूनी दायरामा ल्याउनुपर्छ

दैनिक समाचारदाता

बिचौलिया र कालाबजारीयालाई कानूनी दायरामा ल्याउनुपर्छ

अमरनाथ मण्डल
    अहिले कोरोना भाइरसको त्रासमा दिनप्रतिदिन वस्तु भाउहरुको मूल्य बढि रहेको सन्दर्भ लिएर सर्वसाधारणहरु चिन्तितको मनोदशाबाट गुज्रन बाध्य भइरहेका छन् । एकातिर कोरोना भाइरसको प्रकोप हाम्रा छिमेकी राष्ट्र भारतमा तिब्र गतिले बढि रहेको सन्दर्भबाट नेपाल र भारतको खुल्ला सिमाना रहेको कारणले गर्दा सहज रुपमा कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरु नेपाल प्रवेश गर्न सकिने खतरा बढेर गएको सन्दर्भमा नाकाहरुमा अझै कडा रुपमा तदरुपताको साथ टोली र विशेषज्ञहरुको विशेष निगरानीमा चेक पोष्टहरुलाई सवल बनाउनुपर्ने अवस्था आफ्नो ठाउँमा रहेको सन्दर्भमा अहिले नेपालमा पनि मानसिक तनावबाट सर्वसाधारणहरुले गुज्रनु परेको अवस्थाले माथिबाट नेपालीहरुले कालाबजारीको तदरुपतालाई झन बढाइरहेका छन् । 
    अपराधको चरम केन्द्रबिन्दु तब हुन्छ जब देशमा दैवी प्रकोपको बेला कालावजारीयाहरुले सलबलाउन थाल्छ । मानिसको चिन्ता र चिन्तनबाट ग्रसित रहेको अवस्थामा माथिबाट वस्तु भाउहरुको अभावको कारण दिनचार्याहरुमा अप्ठ्यारो बेहोर्नुपर्ने सन्दर्भ लिएर बिचौलिया र कालाबजारीहरु बस्तु भाउको मूल्यमा मूल्य वृद्धि गरी चोराएर बिक्री वितरण गरेकोले यस्तो अपराधको सजाय कडा रुपमा दिनुपर्ने कानूनले तथा सम्बन्धित अनुगमण र निरिक्षण गर्नेहरुले सक्रिय रुपमा कार्वाहीको अगाडि बढाउनु पर्छ । नत्र दैवी प्रकोपको बेला मानिसहरुमा झन त्रास र पिडाको मनोदशा भोग्न बाध्य हुन्छ ।
    अहिले बजारहरुमा मास्कको बिक्री वितरणमा कालाबजारी भइरहेका छन् भने नेपाल सरकारले पर्याप्त रुपमा ग्याँसको व्यवस्था भएको ग्याँस सिलिण्डका डिपोहरुमा सहज रुपमा ग्याँस सिलिण्डर पाईरहेको छैनन् । त्यस्तै रुघाखोकी र श्वाप्रश्वास रोक्ने औषधीहरु औषधी पसलेहरुले अभाव रहेको ग्राहकहरुलाई बताइरहेको छन् भने दिनचार्याको चिज वस्तुहरुको मूल्य बढ्ने गरेको अवस्था देखिन्छ । यसको कारक तत्वलाई पत्ता लगाई अनुसन्धान तथा निरिक्षण गरी अपराधीलाई कार्वाहीको दायरामा पु¥याउनुपर्ने सम्बन्धित निकाय तथा स्थानीय प्रशासनहरुको प्रमुख जिम्मेवारी रहेको छ । 
    अहिले मानिसहरु आफै त्रासमा रहेको अवस्थामा समाजिक सञ्जालहरुले अधिकांश गलत सूचना प्रवाह गरी मानिसहरुको बीचमा भएको स्थिति सिर्जना गरी बस्तु भाउहरुको मूल्य बढाउने तथा बजारमा रहेका बस्तु भाउहरुलाई चोरी छुपी बेचबिखन गर्ने लगायतका अपराधहरु सलबलाइरहेका छन् । एसईई परीक्षाको स्थगित पछि तथा राज्यले सक्रियता तथा सतर्कताको लागि चालेका पाइलाहरुबाट आतिएर नानाथरिका शंका उपशंका मानिसहरुको मनोस्थितिमा सिर्जना भई मानिसले चर्को मूल्यमा बस्तु भाउहरुको खरिद बिक्री गर्ने देखिन्छ ।
    नेपालमा कोरोना भाइरसको संक्रमण अहिलेसम्म नआएको सन्दर्भमा पूर्व सतर्कता अपनाएको कारणले गर्दा सरकार पक्षबाट केही मुख्य कुराहरुलाई केन्द्रबिन्दु बनाई सतर्कताको लागि पाइला चालेका छन् । त्यस्ता पाइलाहरुबाट कोरोना भाइरस नेपाल भित्रेको डर नगर्न सबैले साहसको रुपमा धैर्यतालाई सवल बनाउनुपर्ने अहिले अवस्था रहेको छ । साथै कालाबजारीयाहरु तथा बिचौलियाहरुको कुनै किसिमको गतिविधिहरु कुनै सर्वसाधारणले पाएपछि त्यस्को जानकारी तुरुन्त स्थानीय प्रशासनलाई गराउनुपर्ने अवस्था देखिन्छ । कोरोना भाइरस संक्रमण नेपालमा नआउन दिन नेपाली जनताले सहज र सरल तरिकाबाट आफु र आफ्नो छरछिमेकीहरुलाई सचेतनाको विधिहरु बारे जानकारी गराई सतर्कता अपनाए भने यस्ता भाइरसबाट हामीले मुक्ति पाउने छौ । अहिले परिवेश हेर्दा विश्वको अधिकांश देशहरुमा देखिएको कोरोना भाइरसबाट लडिरहेको सन्दर्भमा कतिपय देशहरुमा सतर्कता र सावधानी अपनाएपछि यस भाइरसको जोखिमबाट सहज रुपमा बच्ने बाटोहरु देखाइरहेका छन् । त्यसैकारण हाम्रो देशमा चिन र भारतको बीचमा रहेका हामी बीच अहिलेसम्म कोरोना भाइरसको प्रकोपबाट बचिरहेका छौ । सहज र सरल केही सरसफाईका विधिहरु अपनाएपछि हामी आफु पनि बच्ने अरुलाई पनि बचाउने अवस्थाको सिर्जना गर्न सक्छौ । 
    नेपाल सरकारले विद्यालयहरुलाई बन्द गरेको सन्दर्भमा हाम्रा बालबालिकाहरुलाई घर भित्रनै शिक्षाको आधारहरुलाई अवस्था सिर्जना गरी विद्यालय बन्द भएसम्मको अवस्थालाई बालबालिकाहरुलाई शिक्षाको व्यवस्थालाई मिलाउनको लागि आफुमा सक्रियताको अनुभूति दिलाउनुपर्छ । त्यस्तै अन्य सवालहरुमा नडराई, नघबराई सहज तरिकाबाट यस्तो शंकटको बेलामा धैर्यतापूर्वक रप सावधानीपूर्वक सतर्कताकोसाथ दिनचार्यालाई अगाडि बढाउनुपर्ने अवस्थाको सिर्जना गर्नुपर्छ । बिचौलिया र कालाबजारीहरुको अनुगमन निरिक्षण गरी सम्बन्धित निकायहरुले कानूनी कठघारामा उभ्याउनुपर्ने साथै बजारको वस्तु भाउहरु सहज र सरल तरिकाबाट सर्वसाधारणसम्म पु¥याउने उद्देश्य लिई स्थानीय प्रशासनहरुले, स्थानीय जनप्रतिनिधिहरुले सक्रिय रुपमा पहल गर्नुपर्ने आवश्यकता देखिन्छ ।    

प्रतिकृया दिनुहोस

ताजा अपडेट