News Category 2077/03/01
संकटको घडीमा सरकार र जनताबीच हातेमालो आवश्यक
हाल नेपालसहित विश्व नै महामारीको रुप लिएको कोरोनाको संक्रमणबाट त्रसित रहेको छ । विगत तीन महिनादेखी फैलिएको यो महामारीका कारण सम्पूर्ण विश्वको अर्थतन्त्र नै धरापमा परेको छ । यता नेपालमा यस महामारीका कारण जनता त्राहिमाम हुनुका साथै बेरोजगारीको समस्याले समेत जडो गाड्दै गएको छ । यस्तो अवस्थामा नेपाली जनताले दुई छाक टार्न सरकारले गरेको लकडाउनको समेत उलंघन गर्दै जसोतसो चुलो बाल्ने उपायहरु निकाल्न थालेका छन् ।
यसरी विगत तीन महिनाको लकडाउनका कारण सरकारको ढुकुटी समेत कमजोर बनेको छ भने जनता ऋणको मारमा पिरोलिएका छन् । यस्तो बेलामा सरकारले विभिन्न राहतका प्याकेजहरु सृजना गरेर जनतालाई रोजगारीको अवसरका लागि प्रेरित गरि बेरोजगारी हुनबाट रोक्नु पर्नेहुन्छ । तर, सरकारले सो कार्य नगरेर उल्टै बैंकको ब्याज तथा सरकारलाई तिर्नु पर्ने सम्पूर्ण कर समयअवधी तोकेर ताकेता गर्न थालेको छ । फलस्वरुप जनता कोरोना र सरकार दुबैको मारमा परेको अवस्था छ ।
जनताले तिर्दै आएको विभिन्न प्रकारको राजश्व र कर सरकारको यस्तै अवस्थामा काम लाग्ने हो । र जनतालाई पनि यस्तै आर्थिक संकट हुने बेलामा सरकारले सहयोग गर्ने बेला हो । तर, सरकारको उल्टो रबैयाका कारण जनता आर्थिक मारमा परेका छन् । तसर्थ सरकारले जनताको हितका लागि केही गर्ने बेला नै यही हो । यसका लागि सरकार र जनता हातोमाले गरेर यस संकटको बेलामा सँगै हिड्नु अहिलेको माँग हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ