News Category 2077/03/01
संकटको घडीमा सरकार र जनताबीच हातेमालो आवश्यक
हाल नेपालसहित विश्व नै महामारीको रुप लिएको कोरोनाको संक्रमणबाट त्रसित रहेको छ । विगत तीन महिनादेखी फैलिएको यो महामारीका कारण सम्पूर्ण विश्वको अर्थतन्त्र नै धरापमा परेको छ । यता नेपालमा यस महामारीका कारण जनता त्राहिमाम हुनुका साथै बेरोजगारीको समस्याले समेत जडो गाड्दै गएको छ । यस्तो अवस्थामा नेपाली जनताले दुई छाक टार्न सरकारले गरेको लकडाउनको समेत उलंघन गर्दै जसोतसो चुलो बाल्ने उपायहरु निकाल्न थालेका छन् ।
यसरी विगत तीन महिनाको लकडाउनका कारण सरकारको ढुकुटी समेत कमजोर बनेको छ भने जनता ऋणको मारमा पिरोलिएका छन् । यस्तो बेलामा सरकारले विभिन्न राहतका प्याकेजहरु सृजना गरेर जनतालाई रोजगारीको अवसरका लागि प्रेरित गरि बेरोजगारी हुनबाट रोक्नु पर्नेहुन्छ । तर, सरकारले सो कार्य नगरेर उल्टै बैंकको ब्याज तथा सरकारलाई तिर्नु पर्ने सम्पूर्ण कर समयअवधी तोकेर ताकेता गर्न थालेको छ । फलस्वरुप जनता कोरोना र सरकार दुबैको मारमा परेको अवस्था छ ।
जनताले तिर्दै आएको विभिन्न प्रकारको राजश्व र कर सरकारको यस्तै अवस्थामा काम लाग्ने हो । र जनतालाई पनि यस्तै आर्थिक संकट हुने बेलामा सरकारले सहयोग गर्ने बेला हो । तर, सरकारको उल्टो रबैयाका कारण जनता आर्थिक मारमा परेका छन् । तसर्थ सरकारले जनताको हितका लागि केही गर्ने बेला नै यही हो । यसका लागि सरकार र जनता हातोमाले गरेर यस संकटको बेलामा सँगै हिड्नु अहिलेको माँग हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/01 १२ वर्षिया प्रतिक्षा हराइरहेको बेला अचानक फेसबुकमा तस्बिर सार्वजनिक भएपछी परिवारजन चकित
- 2082/07/30 स्थानीयस्तरमै आयश्रोतका साथै रोजगारीको अवस्था सृजना गरौं
- 2082/07/30 करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
- 2082/07/30 राजविराजका देवसहित चार जना खैरो हिरोइनसहित पक्राउ
- 2082/07/30 कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
- 2082/07/29 एमाले सप्तरीद्वारा शक्ति प्रदर्शन
- 2082/07/28 लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित
- 2082/07/28 जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
- 2082/07/28 करदाता सेवा कार्यालय नसार्न भन्दै संकलन गरिएको हस्ताक्षर बुझाइयो
- 2082/07/28 कार्यवाहक वडाअध्यक्षको गैरकानुनी सिफारिसका कारण आफूहरु अन्यायमा ः दास दाजुभाई
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ