News Category 2077/03/01
जटिल परिस्थितिमा शिक्षा तर्फ ध्यान पुगोस्
कोरोना भाइरसको त्रासका कारण विगत तीन महिनादेखी सम्पूर्ण क्षेत्र अस्तव्यस्त रहेको बेला सरकारी स्तरबाट जनताका लागि कुनै पनि राहतको प्याकेज नआउनु अत्यन्त दुःखदायी रहेको छ । विगतको तीन महिनाको अवधीमा नेपाललगायत विश्वको सम्पूर्ण क्षेत्र अस्तव्यस्त बनेको छ । यस्तो परिस्थितिमा नेपाल सरकारले जनताको हितका लागि कुनै पनि प्याकेज ल्याउन सकेको छैन् । मुलुकमा बेरोजगारी समस्या रहदै आएको बेला कोभिड १९ का कारण झनै बेरोजगारी समस्या उत्पन्न भएको छ ।
एकातिर बेराजगारी समस्या छदै छ भने अर्को तर्फ शैक्षिक क्षेत्र झनै कमजोर भएको छ । बालबालिकाहरु तीन महिनासम्म विद्यालयमा पढ्न पाएका छैनन् भने अन्तिम परिक्षा दिनबाट समेत बञ्चित भएका छन् । नयाँ शैक्षिक सत्र सुरु भएको तेश्रो महिना लागेको छ । तर, पठनपाठन हुने कुनै टुङ्गो लाग्न सकेको छैन् । यसरी बालबालिकाहरु घरमा पढ्न मान्दैनन् भने सिकेका कुराहरु समेत बिर्सन थालेका छन् । हुन त सरकारले ई–क्लासको व्यवस्था मिलाउन सरोकारवाला निकायसँग आग्रह गरेको छ । तर, नेपाल जस्तो गरिब मुलुकमा ई–क्लास लिनेको संख्या अत्यन्त न्युन छ । हुने खानेलाई त समस्या हुँदैन् । गरिब परिवारका बालबालिकाहरु कसरी ई–क्लास लिन सक्छन् ! कीन भने ई–क्लासका लागि कम्युटर र इन्टरनेटको आवश्यकता पर्दछ ।
ग्रामिण भेगका बालबालिकाका लागि यो एउटा सपना जस्तै भएको छ । उनीहरुलाई दुई छाक टार्न धौ धौं हुन्छ भने विद्यालयको मासिक शुल्क तिर्न त्यतीकै समस्या हुने गरेको छ । यस्तो बेलामा कसरी उनीहरु शिक्षामा पहुँच पु¥याउन सक्छन् त ! तसर्थ यस्ता जटिल समस्या प्रति सरकार आजैदेखी गम्भिर भएर विकल्प खोज्न लाग्नु पर्दछ । होईन भने बेरोजगारीका साथ साथै शैक्षिक समस्या समेतले मुलुकमा ठूलो विकरालको रुप लिन सक्ने कुरामा दुई मत नहोला ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2077/11/24 उपचार खर्चको अभावमा मृत्यु भएकी खंगका परिवारलाई मन्त्रीद्वारा सहयोग
- 2077/11/24 प्रदेश सरकारद्वारा १ हजार ५ सय छात्रालाई साइकल
- 2077/11/24 नारी दिवसमा र्याली, सभा तथा सम्मान
- 2077/11/24 २५ लाखको लागतमा ऐतिहासिक पोखरीलाई नयाँ रुप दिइदै
- 2077/11/24 दुई फरारसहित चार प्रतिबादी पुर्पक्षका लागि कारागार चलान
- 2077/11/24 सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस, पश्चिमी मान्यता खण्डित गर्न नारीवादी विचारको प्रादुर्भाव
- 2077/11/23 हत्या, बलात्कार गरि फरार तथा हतियारसहित पक्राउ परेका चार अभियुक्त सार्वजनिक
- 2077/11/23 रकम अभावले उपचार गर्न नपाएकी खंगको मृत्यु
- 2077/11/23 मलेठ घटनाको प्रतिवेदन सार्वजनिक हुन्छ : मन्त्री साह
- 2077/11/23 दुर्घटनामा घाइते भएका पुजारीको उपचारको क्रममा मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2077/10/21 पाकिस्तानमा खोप अभियान शुरु, चिनियाँ सिनोफार्मको खोप लगाइने
- 2077/10/19 म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
- 2077/08/15 भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो
- 2077/05/01 प्लाज्मा थेरापी कोभिड–१९ उपचारमा कति सफल ?
- 2077/03/03 कोरोना भाइरसबाट विश्वमा ४ लाख ४६ हजारभन्दा बढीको मृत्यु, ८२ लाख ६५ हजारभन्दा बढी संक्रमित