News Category 2077/03/02

सप्तरीमा, कोरोना भाइरस र रोकथाम तथा नियन्त्रणको अवस्था 

दैनिक समाचारदाता

सप्तरीमा, कोरोना भाइरस र रोकथाम तथा नियन्त्रणको अवस्था 

अमरनाथ मण्डल
    सम्पूर्ण विश्व नै अहिले कोरोना भाइरस तथा कोभिड–१९ को प्रकोपबाट त्रसित मनस्थितिमा गुज्रिरहेको बेला सम्पूर्ण विश्वको मानवजातीको स्वास्थ्य माथि गम्भिर खतराको संकट उत्पन्न भएको अवस्थामा विश्व नै लकडाउनको मनोदासाबाट गुर्जनुपर्ने बाध्यताको अवस्थामा नेपालमा पनि कोरोना भाइरसको प्रकोप दिन प्रति दिन बढिरहेकोले हालसम्म ६२११ नेपालमा संक्रमण संक्रमितको संख्या रहेको अवस्था छ । दिन प्रति दिन सो अवस्था चार सय हराहारीमा प्रत्येक दिन नेपालमा चेक जाँच भएपछि संक्रमित भेटिरहेका छन् ।
    वर्तमान अवस्थामा नेपालमा लकडाउनको मारले गर्दा व्यापार व्यवसाय देखि लिएर उद्योग संचालन तथा अन्य व्यवसायिक धरापमा परेपछि नेपालको अर्थतन्त्र पूर्ण रुपमा क्षति भईरहेको अवस्थामा रोजगारी गरी दैनिक जिवनयापन गर्ने कामदारहरुको अवस्था विकराल बन्दै गईरहेको देखिन्छ । नेपाल सरकारको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम लगायतका अन्य गतिविधिहरुमा सरकार पूर्ण असक्षम बन्दै गईरहेको छ । 
    यसै क्रममा सप्तरीको कोरोना प्रकोप तथा रोकथाम नियन्त्रण नितिहरुलाई सरकारी स्तरबाट कुन अवस्थामा अख्तियार गरिरहेको अवस्था विश्लेषण गर्ने देखिएको छ । सप्तरीमा हालसम्म १५० जना कोरोना संक्रमित भेटिएका छन् भने निको हुनेको संख्या ३८ पुगेका छन् । भारतबाट रोजगारीको क्रममा फर्केका नेपाली नागरिकहरुलाई क्वारेन्टाइनमा राखी चेकजाँच गर्ने अवस्थामा सप्तरीका क्वारेन्टाइनहरुको अवस्था दिन प्रति दिन संकटमै अवस्था रहेको छ । अधिकांश क्वारेन्टाइनहरुमा एकै बेडमा २–३ जनासम्म राख्ने गरेको तथा क्वारेन्टाइनमा खाना देखि लिएर औषधी चेकजाँच लगायतका गतिविधिहरु अधिकांश क्वारेन्टाइनमा हेर्न नपाएको अवस्था देखिन्छ । 
    क्वारेन्टाइनमा १५–२० दिन देखि सर्वसाधारणहरु बसिरहेको अवस्थामा पनि चेकजाँच हुन नसकी क्वारेन्टाइनमा बसेका सर्वसाधारणहरुको आफ्नो गुनासो रहेको छ । यता जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले हामी स्वावहरु संकलन गरी जाँचका लागि पठाउने गरेका अवस्थामा विराटनगर, धरान तथा राजविराजमा गजेन्द्र नारायण सिंह अञ्चल अस्पतालहरुमा स्वाव थन्केको अवस्था प्रयाप्त मात्रामा स्वावहरुलाई चेकजाँच गरी केमिकल औषधीहरुको अभाव रहेको बताउनु हुन्छ । 
    गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल राजविराजमा एक दिनमा ५० जनाको स्वाव टेस्ट हुने गरेको अवस्थामा अहिले अस्पतालमा २००–३०० सम्म प्रत्येक दिन स्वावहरु टेस्टको लागि आउने गरेको अवस्थामा ५० जना मात्रैको टेस्ट भएपछि अन्य स्वावहरु थन्केका छन् । अस्पतालको प्रशासनिक पक्षको सक्रियताको कमीले गर्दा २–३ सिफ्ट गरी कर्मचारी व्यवस्थापन मिलाई स्वाव टेस्ट गर्दा खेरी दिनमा १०० भन्दा बढी स्वाव टेस्ट हुने अवस्था देखिन्छ । तर व्यवस्थापन पक्षहरुको लापरवाही आफ्नै चरम सिमामा रहेको देखिन्छ ।
    छिमेकी राष्ट्र भारत र नेपालको साना नाकाहरु सप्तरी जिल्लामा ४–५ वटा रहेको अवस्थामा सो साना नाकाहरुबाट अहिले पनि अवैधाकि रुपमा मानिसहरु ओहोर दोहोर हुने गरेको देखिन्छ । यस्तो जोखिमको अवस्थामा नाकाहरुलाई पूर्ण व्यवस्थित गरी नाकाहरुबाट आउने नेपालीहरुलाई व्यवस्थित क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था छ । तर स्थानीय निकाय र स्थानीय जनप्रतिनिधिहरुको तदरुपतामा खाँचो देखिएको कारणले गर्दा स्थानीय निकायहरु क्वारेन्टाइन व्यवस्थापनतिर सक्रिय नभई आजको अवस्था क्वारेन्टाइनहरुको अवस्था दयनीय रहेको छ । त्यस्तै सप्तरीको सदरमुकाम राजविराजमा प्रस्तावित साईकृष्णा मेडिकल कलेज भित्रमा राखिएका संक्रमित १०० जना बढी रहेको अवस्थामा स्वास्थ्य क्षेत्रहरुबाट चेकजाँच देखि लिएर अन्य व्यवस्थित गतिविधिहरुमा पूर्ण खाँचो देखिएको छ । 
    स्थानीय निकायको सक्रियता अनिवार्य हुनु पर्ने अवस्थामा स्थानीय निकायहरुको गैरजिम्मेवारीपनले गर्दा क्वारेन्टाइन तथा आइसोलेसनहरुको अवस्था राम्रो नदेखिएको सन्दर्भ रहेको छ । स्थानीय निकायका जनप्रतिनिधिहरु असार मसान्तको बेला मौका छोपी कोटेशन र उपभोक्ता समिति मार्फत आफ्नो नजिकका भाइभरेदार पार्टी कार्यकर्ता तथा नातागोताहरुलाई उपभोक्ता समिति बनाई लाखौंको भ्रष्टाचार गर्ने मनसायमा व्यस्त देखिएको छ । स्थानीय निकायहरुको बजेटीय प्रणालीलाई कोरोना भाइरस नियन्त्रण रोकथाम क्वारेन्टाइनहरुमा व्यवस्थापन पक्ष देखि लिएर औषधी उपचार पक्ष समेतको व्यवस्थापन मिलाउन तदरुपता नदेखाएको कारणले गर्दा बजेटहरुलाई अहिलेको विषम पस्थितिमा पनि माटो तथा ग्राइभेल जस्तो कार्यहरुमा पैसा खर्च गरी पैसाहरुलाई दुरुपयोग हुने तिर उन्मुख हुने अवस्थाको सिर्जना गरिरहेका छन् । 
    राजविराजको बजार क्षेत्रमा सामाजिक दुरी प्रयोग लगायत माक्स लगाउनु तथा अन्य सचेतनाको कार्यहरुमा स्थानीय सर्वसाधारणहरुले सक्रियता नदेखाएको अवस्था रहेको छ । त्यस्तै सप्तरीका अन्य बजारहरुमा पनि अहिले लकडाउन खुकुलो पारिएको सन्दर्भ लिएर भिडभाडको स्थिति सिर्जना गरी भाइरसको प्रकोपलाई झन् उग्ररुप लिन तिर उन्मुख भईरहेका छन् । सप्तरी जिल्लाको प्रदेश २ मा सामाजिक विकास मन्त्री लगायत सप्तरी जिल्लामा २ ओटा प्रदेशमा मन्त्री रहेको अवस्थामा कोरोना भाइरसको नियन्त्रण तथा रोकथाम लगायतका अन्य गतिविधिहरुमा सक्रियताको अभाव देखिएकोले समयमा सचेतनाको नितिहरुलाई अंगिकार नगर्दा तथा व्यापक चेकजाँच देखि लिएर क्वारेन्टाहरुको व्यवस्थापन आइसोलेसनको व्यवस्था लगायत भारतीय नाकाहरुबाट आउने नेपालीहरुको नाकामा नै चेक जाँच गरी क्वारेन्टाइनमा राख्ने पूर्ण व्यवस्था मिलाउनु अहिलेको अवस्था रहेको छ । 
    तसर्थ नाकाहरुबाट लुकीछिपी आउने सर्वसाधारणहरुलाई नाकामा रोकीे क्वारेन्टाइनसम्म ल्याउने स्थानीय प्रशासनले पूर्ण रुपमा सक्रिय भुमिका खेल्नुपर्ने अवस्थाको सिर्जना गर्नुपर्छ ।  नत्र भोलीका दिनमा सप्तरीको यस्तो लापरवाही रह्यो भने सप्तरीको अवस्था अवस्था झन् विकराल हुने स्पष्ट देखिन्छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट