News Category 2077/03/24
तेश्रो मुलुकबाट आउनेहरुको स्वास्थ्य परिक्षणमा गम्भिर बन्
कोरोना भाइरसको महामारीमा अहिले सम्पूर्ण विश्व त्रसित रहेको बेला नेपालमा यसबाट अछुतो रहेको छैन् । नेपालमा अहिले दिनानुदिन कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको छ । यता कोरोना भाइरसको त्रासका कारण तीन महिना बढी समयदेखी बन्द रहेको अन्तराष्ट्रिय हवाई सेवा सूचारु भइसकेको छ । यस अवस्थामा भारतबाहेक तेश्रो मुलुकबाट आउने नेपालीहरुमा समेत संक्रमण हुन सक्ने आंशकालाई नकार्न सकिदैन् । यसका लागि अन्तराष्ट्रिय विमानस्थलमा सम्पूर्ण यात्रुहरुको राम्रो सँग स्क्रीनिङ गर्न जरुरी छ । हुन त उनीहरुलाई आउने बित्तिकै स्वारेन्टाइनमा राख्ने र पछि सम्बन्धीत जिल्लाको क्वारेन्टाइनमा पठाइने नेपाल सरकारले मिलाएको छ । यस अवधीमा उनीहरुको राम्रोसँग स्वास्थ्य परिक्षण गर्न अति आवश्यक छ । यता विदेशबाट आएकाहरु आफ्नो मातहातका जिल्लाहरुमा क्वारेन्टाइनमा बस्दै आइरहेका छन् । सप्तरीको परिवेशमा भने विदेशबाट आउनेहरुमा समेत कोरोना पोजेटिभ भेटिएको छ । विगत १५ दिनको अवधीमा सप्तरीमा विदेशबाट आएका मध्येबाट २५ जनामा कोरोना पोजेटिभ पाइएको छ । यस्ता विषयमा सम्बन्धीत निकायको गम्भिर ध्यान पुग्नु पर्ने हो तर, यस्तो केही देखिदैन् । जब कुनै यात्रु बिदेशबाट आउछ भने उनीहरुको विदेशमै स्वास्थ्य परिक्षण गर्नु पर्ने हो तर, त्यसो गरिएको देखिदैन् । त्यहाबाट आएर नेपालको एयरपोर्टमा पनि स्वास्थ्य परिक्षण हुनु पर्ने हो तर, त्यहाबाट पनि निस्केर जिल्लाको मातहतका क्वारेन्टाइनमा राखिएपछि स्वाब परिक्षणबाट उनीहरु संक्रमित भएको पुष्टि हुन्छ । के यसरी स्वास्थ्य जस्तो संवेदनशिल विषयमा विदेशबाटै हेलचक्राई हुँदै आएको हो की यसमा दोषि को ?
भारतबाट आउने व्यक्तिहरुको परिक्षण पश्चात् अब तेश्रो मुलुकबाट आउने व्यक्तिहरुको कोरोना परिक्षण अति आवश्यक रहेको छ । तसर्थ यस्ता विषयमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालय तथा मातहतका निकायले गम्भिरतापूवर्क लाग्नु पर्ने आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2077/11/21 अविश्वास प्रस्तावको समर्थन गर्नुपर्छ : काँग्रेस महामन्त्री कोइराला
- 2077/11/21 अविश्वास प्रस्तावको समर्थन गर्नुपर्छ : काँग्रेस महामन्त्री कोइराला
- 2077/11/20 करोडौं रकम लिएर फरार व्यापारी दाजुभाई बिरुद्ध प्रहरीमा उजुरी दिनेको ओइरो
- 2077/11/20 तिलाठी कोइलाडीद्वारा रुपनीगाउँपालिका पराजित
- 2077/11/19 सप्तरीका चर्चित व्यापारी तथा आइएमई संचालक सिन्धी दाजुभाई करोडौं लिएर फरार
- 2077/11/19 राजबिराज प्रिमियर लिगमा तिलाठी र खडक बिजय
- 2077/11/19 आगोले जलेकी खंगलाई इन्सेकद्वारा सहयोग
- 2077/11/17 श्रोत नखुलेको तीन लाख शरीरमा लुकाएको अवस्थामा महिला पक्राउ
- 2077/11/17 कुबेर शर्माको सम्झनामा श्रद्धाञ्जली सभा
- 2077/11/17 ५६ बर्षपछि डाकाँ र जालसाज मुद्दाका फरार अभियुक्त पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2077/10/21 पाकिस्तानमा खोप अभियान शुरु, चिनियाँ सिनोफार्मको खोप लगाइने
- 2077/10/19 म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
- 2077/08/15 भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो
- 2077/05/01 प्लाज्मा थेरापी कोभिड–१९ उपचारमा कति सफल ?
- 2077/03/03 कोरोना भाइरसबाट विश्वमा ४ लाख ४६ हजारभन्दा बढीको मृत्यु, ८२ लाख ६५ हजारभन्दा बढी संक्रमित