News Category 2077/05/18
सप्तरीमा दुई संक्रमितको उपचारका क्रममा मृत्यु
दैनिक समाचारदाता
राजविराज, १८ भदौ ।
सप्तरीमा दुई कोरोना संक्रमितको उपचारका क्रममा ज्यान गएको छ ।
पछिल्लो पटक कोरोना संक्रमणबाट राजविराज नगरपालिका ७ का ५५ वर्षिय गोपाल साह र राजगढ गाउँपालिका ६ का ५२ वर्षिय गणेश यादवको मृत्यु भएको हो । मृत्यु भएका राजगढ गाउँपालिका ६ का गणेश यादव राजविराजस्थित नेपाल टेलिकमका कर्मचारी हुन् ।
दुबै जनाको उपचारको क्रममा धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको जिल्ला स्वाथ्य कार्यालय सप्तरीले जनाएको छ ।
यादवको बुधवार मध्यरात तथा साहको बिहीवार दिउँसो मृत्यु भएको जिल्ला स्वास्थ्यका कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
कोरोना पोजिटिभ भई गम्भिर अवस्थामा पुगेका यादवलाई परिवारजनले सोझै धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएका थिए भने साहलाई बिहीवारै राजविराजस्थित साईकृष्णा मेडिकल कलेजको आइसोलेशनबाट रेफर गरिएको थियो । यो सँगै कोरोना संक्रमणबाट जिल्लामा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
- 2082/10/08 डुबेर एक किशोरीको मृत्यु
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ