News Category 2071/02/04
बढ्दै गएको गर्मीले जनजिवन कष्टकर दैनिक तापक्रम ४० भन्दा बढी
राजविराज÷विगत एक महिनादेखि दिन प्रतिदिन बढ्दै गएको गर्मीले सप्तरीका बासिन्दाहरुको दिनचर्या कष्टकर बन्दै गएको छ । प्रचण्ड गर्मीका कारण दिउँसो मानिसहरुको चहलपहलमा निकै कमी देखिएको छ ।
गर्मीकै कारण जिल्लाका अधिकांश सरकारी कार्यालयहरुमा सेवाग्राहीको उपस्तिथि समेत न्यून छ । सप्तरीमा सबै भन्दा बढी अड्डा अदालतको काम हुने जिल्ला भएपनि अहिले अदालतमा झगडीयाहरुको उपस्थितिमा कमी आएको हो ।
सदरमुकाम राजविराजमा अवस्थित सगरमाथा अञ्चलका कूल ६ वटै जिल्लालाई हेर्ने पुनरावेदन अदालत र सप्तरी जिल्ला अदालतमा यसअघि दिनहुँ सयौंको संख्यामा झगडीयाहरु आउने गरिन्थ्यो । तर, अहिले बढेको गर्मी सहन नसकेर अतिआवश्यक काम बाहेकको अवस्थामा सेवाग्राहीहरुको आउने क्रममा कमि आएको छ ।
गर्मीकै कारण सदरमुकाम राजविराजमा व्यापार समेत प्रभावित भएको छ । बिहान ७ बजेदेखी नै चर्को घाम लागेपछि सामान किनमेल गर्ने आउने जसोतसो सामान खरीद गर्ने गरेका छन् । दिउँसो बजारमा मानिसहरुको चहलपहल अत्यन्त कम हुने गरेको छ ।
बिहानैदेखी तापक्रम बढ्दै जाँदा मानिसहरु चिसो पदार्थ सेवन गरिरहेका छन् भने आइसक्रिम, बरफ, चिसो मिनरल वाटरको बिक्रि समेत बढेको छ । गाउँघरमा शरीरलाई चिसो पार्न स्थानीय पोखरी, नहर, नदीमा नुहाउने गर्छन् ।
यता गर्मीका कारण जिल्लाका निजी तथा सामुदायिक विद्यालयहरुले समय अगावै दिउँसोको सेसनलाई बिहानमा परिणत गरेको छ ।
सप्तरीमा अहिले दैनिक तापक्रम ३८ देखी ४३ डिग्री सेल्सियस रहेको छ । गतवर्षहरु भन्दा यसवर्ष वैशाखको सुरुमै गर्मी बढ्न थालेपछि किसानहरु समेत चिन्तित भएका छन् । गहुँ खेती सकिएर धानको बेर्ना लगाउन खेत तयार गर्ने बखत बढेको गर्मीले खेतमा कामकाज गर्न समस्या भइरहेको सप्तरी भारदहका अगुवा किसान बच्चालाल मण्डलले गुनासो गर्नुभयो ।
यसैगरी राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा समेत बिरामीहरुको चाप बढ्न थालेको छ । अस्पतालस्थित आकास्मिक कक्षमा खास गरी निमोनिया, ज्वरो, डाइरियाका बिरामीहरु भर्ना रहेको छ । भर्ना भएका बिरामीहरुमध्ये खासगरी बालबालिका बढी प्रभावित भएको अस्पताल श्रोतले जनाएको छ ।
जिल्लामा दिनको ८ देखी १० घण्टासम्म मात्र विद्युत सूचारु रहेकोमा गर्मीले झन जनजिवन अस्तव्यस्त पारेको छ । बिहान ११ बजेदेखी दिउँसो ३ बजेसम्म बिजुली सूचारु रहेपनि सो समयमा बिजुली छिन–छिनमै काटिनुले आममानिस पंखा चलाएर बस्न सकिने सहज छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/12 हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश
- 2081/01/12 लोहजरा दहमा पत्रकार महासंघको साधारण सभा हुने
- 2081/01/11 प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन समितिका सदस्यमाथी कारवाहीको माग
- 2081/01/11 बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
- 2081/01/11 महिला हिंसा रोक्न सबै एकजुट हुनु पर्छ ः उपाध्यक्ष
- 2081/01/10 सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो
- 2081/01/10 जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
- 2081/01/10 छिन्नमस्ता गाउँपालिकाद्वारा सशस्त्र प्रहरीको मेस भवन निर्माण
- 2081/01/07 सरोकारबाला एकजुट भए बालविवाह चाडै नियन्त्रणमा आउछ ः जिसस प्रमुख साह
- 2081/01/07 राससले पायो लालपुर्जा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ