News Category 2071/02/04
बढ्दै गएको गर्मीले जनजिवन कष्टकर दैनिक तापक्रम ४० भन्दा बढी
राजविराज÷विगत एक महिनादेखि दिन प्रतिदिन बढ्दै गएको गर्मीले सप्तरीका बासिन्दाहरुको दिनचर्या कष्टकर बन्दै गएको छ । प्रचण्ड गर्मीका कारण दिउँसो मानिसहरुको चहलपहलमा निकै कमी देखिएको छ ।
गर्मीकै कारण जिल्लाका अधिकांश सरकारी कार्यालयहरुमा सेवाग्राहीको उपस्तिथि समेत न्यून छ । सप्तरीमा सबै भन्दा बढी अड्डा अदालतको काम हुने जिल्ला भएपनि अहिले अदालतमा झगडीयाहरुको उपस्थितिमा कमी आएको हो ।
सदरमुकाम राजविराजमा अवस्थित सगरमाथा अञ्चलका कूल ६ वटै जिल्लालाई हेर्ने पुनरावेदन अदालत र सप्तरी जिल्ला अदालतमा यसअघि दिनहुँ सयौंको संख्यामा झगडीयाहरु आउने गरिन्थ्यो । तर, अहिले बढेको गर्मी सहन नसकेर अतिआवश्यक काम बाहेकको अवस्थामा सेवाग्राहीहरुको आउने क्रममा कमि आएको छ ।
गर्मीकै कारण सदरमुकाम राजविराजमा व्यापार समेत प्रभावित भएको छ । बिहान ७ बजेदेखी नै चर्को घाम लागेपछि सामान किनमेल गर्ने आउने जसोतसो सामान खरीद गर्ने गरेका छन् । दिउँसो बजारमा मानिसहरुको चहलपहल अत्यन्त कम हुने गरेको छ ।
बिहानैदेखी तापक्रम बढ्दै जाँदा मानिसहरु चिसो पदार्थ सेवन गरिरहेका छन् भने आइसक्रिम, बरफ, चिसो मिनरल वाटरको बिक्रि समेत बढेको छ । गाउँघरमा शरीरलाई चिसो पार्न स्थानीय पोखरी, नहर, नदीमा नुहाउने गर्छन् ।
यता गर्मीका कारण जिल्लाका निजी तथा सामुदायिक विद्यालयहरुले समय अगावै दिउँसोको सेसनलाई बिहानमा परिणत गरेको छ ।
सप्तरीमा अहिले दैनिक तापक्रम ३८ देखी ४३ डिग्री सेल्सियस रहेको छ । गतवर्षहरु भन्दा यसवर्ष वैशाखको सुरुमै गर्मी बढ्न थालेपछि किसानहरु समेत चिन्तित भएका छन् । गहुँ खेती सकिएर धानको बेर्ना लगाउन खेत तयार गर्ने बखत बढेको गर्मीले खेतमा कामकाज गर्न समस्या भइरहेको सप्तरी भारदहका अगुवा किसान बच्चालाल मण्डलले गुनासो गर्नुभयो ।
यसैगरी राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा समेत बिरामीहरुको चाप बढ्न थालेको छ । अस्पतालस्थित आकास्मिक कक्षमा खास गरी निमोनिया, ज्वरो, डाइरियाका बिरामीहरु भर्ना रहेको छ । भर्ना भएका बिरामीहरुमध्ये खासगरी बालबालिका बढी प्रभावित भएको अस्पताल श्रोतले जनाएको छ ।
जिल्लामा दिनको ८ देखी १० घण्टासम्म मात्र विद्युत सूचारु रहेकोमा गर्मीले झन जनजिवन अस्तव्यस्त पारेको छ । बिहान ११ बजेदेखी दिउँसो ३ बजेसम्म बिजुली सूचारु रहेपनि सो समयमा बिजुली छिन–छिनमै काटिनुले आममानिस पंखा चलाएर बस्न सकिने सहज छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ