News Category 2077/05/22
चार किल्ला तोकेर राजविराज नगर क्षेत्रमा सात दिनका लागि निषेधाज्ञा थप
दैनिक समाचारदाता
राजविराज, २२ भदौं ।
कोरोना संक्रमणको जोखिम बढदै गएपछि स्थानिय प्रशासनले राजविराज नगर क्षेत्रमा चार किल्ला तोकेर मंगलबारदेखी थप ७ दिनका लागि निषेधाज्ञा बढाएको छ । यसअघि जारि गरिएको निषेधाज्ञाको समय सोमबाररात्ी १२ बजे सकिदैछ ।
स्थानिय प्रशासनले पूर्वमा खाँडो नदी, उत्तरमा कोशी पम्प चन्द्र नहर, पश्चिममा छिन्नमस्ता डेरी (सिरहा रोड) नजिकको नाला र दक्षिणमा लिलजा टोल÷बागेश्वरी मन्दिर सम्ममा भदौं २९ सम्म निषेधाज्ञा जारि गरेको हो ।
सोमबार प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा बसेको सुरक्षा समितिका बैठकले सो निर्णय गर्दै यसअवधीमा तरकारी, फलफुल, खाद्यान्न लगायतका अत्यावश्यक सामाग्रिका पसलहरु बिहान ५ बजेदेखी १० बजेसम्म मात्र खोल्न दिइने अनुमति दिइएको छ ।
जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले पहिलो पटक साउन ८ गते रातीबाट जिल्लाभर नै एक साताका लागि निषेधाज्ञा जारि गरेको थियो । त्यसपछि पनि कोरोनाको जोखिम कायमै रहेको भन्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले पटक पटक निषेधाज्ञाको म्याद बढाउँदै लगेको छ ।
पछिल्लो पटक राजविराज नगरपालिकामा ७ दिनका लागि निषेधाज्ञा थपिएको छ भने अन्य स्थानिय निकायको हकमा सम्बन्धीत स्थानिय तहका प्रमुखले स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसार भिडभाड नगरि, सामाजिक दुरी कायम गर्दै, अत्यावश्यक सेवा र सामाग्रिका पसल तथा संस्थाहरु खोल्न सक्ने अनुमति दिन सक्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ