News Category 2077/05/30
सप्तरीमा निषेधाज्ञा अन्त्य भएकै दिन ५२ नयाँ संक्रमित थपिए

दैनिक समाचारदाता
राजविराज, ३० भदौं ।
झण्डै साढे पाँच महिनापछि सप्तरीमा निषेधज्ञा हटाएकै दिन मंगलबार जिल्लामा ५२ जना नयाँ कोरोना संक्रमित थपिएका छन ।
राजविराज नगरपालिकाका ३३ जना सँगै सप्तरी जिल्ला अदालतका चार कर्मचारी, छिन्नमस्ता अस्पतालका दुई कर्मचारी र नेपाल प्रहरीका एक जना गरी समेत गरी जिल्लमा ५२ जना नयाँ संक्रमितको पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा अदालतका २६, ३०, ४० र ४९ वर्षीय पुरुष रहेका छन भने छिन्नमस्ता अस्पताका २१ वर्षीय एक पुरुष र २३ वर्षीय एक महिल तथा ३७ वर्षीय एक प्रहरी समेतमा संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै हनुमाननगर कंकालनी नगरपालिकाका ६ जना, बलानविहुल गाउँपालिका र शम्भुनाथ नगरपालिकाका १÷१ जना तथा महदेबा गाँपालिका दुई जनामा संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यता जिल्ला बाहिर मोरङ्गका एक जना, सिरहाका एक जना र महोत्तरीका एक जना समेत गरी ५५ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
सोमबार मात्रै कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकबाट मंगलबारदेखि सप्तरीमा निषेधज्ञा अन्त्य हुने निर्णय गरेका थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ