News Category 2077/07/19
अस्पतालका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु
दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका एक कर्मचारीको बुधबार बिहान कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै जिल्लामा हालसम्म २९ जना संक्रमितको मृत्यु भएको छ ।
सो अस्पतालमा फर्मासिस्ट पदमा कार्यरत राजविराज नगरपालिका वडा नं. २ निवासी २८ वर्षिय ती कर्मचारीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
उनी राजविराजस्थित साईकृष्ण मेडिकल कलेज आइसोलेसन केन्द्रमा कात्तिक १५ गते कोरोना संक्रमणको पुष्टि भएपछि उपचारका लागि भर्ना भएका थिए ।
बुधबार बिहान चिया, नास्ता खाएर सामान्य अवस्थानमा रहेका उनको अचानक मृत्यु भएको गजेन्द्र नारायण सिंह अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ड डा. रन्जितकुमार झाले जानकारी दिए ।
डा. झाका अनुसार उनमा कुनै रोग थिएन् । राजविराजस्थित आइसोलेनमा हालसम्म भर्ना भएकामध्येबाट पहिलो मृत्यु भएको निमित्त मेसु झाले बताए ।
यसैगरि सप्तरीकोे अग्निसाइर कृष्णासावरण गाउँपालिका वडा नं. ५ का ६२ वर्षीय पुरुषको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।
गाउँपालिकाका स्वास्थ्य संयोजक राजेश यादवले आफूलाई मृत्यु सम्बन्धी जानकारी ढिलो प्राप्त भएको बताए । उनका अनुसार ती व्यक्तिमा ज्वरो आएपछि उपचारका लागि कात्तिक ८ गते नोबेल मेडिकल कलेज लगिएकोमा सोही दिन उनको स्वाब परिक्षण गर्दा १२ गते रिपोर्ट पोजेटिभ आएको थियो । उपचारकै क्रममा कात्तिक १३ गते उनको मृत्यु भएको हो ।
यता सप्तरीमा १ हजार ६ सय ३१ जना कोरोना संक्रमित भएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय संक्रमणमुक्त भई घर फर्किएको तथा २ सय ४ जना अझ सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ