News Category 2077/07/20
गजेन्द्र नारायण सिंह अस्पतालमा सिटी स्क्यान जडान

दैनिक समाचारदाता
राजविराज, २० कात्तिक ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा बिहीबार सिटी स्क्यान मेशिन जडान भएको छ ।
विगत लामो समयदेखी थन्किएर रहेको सो मेशिन जडान गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले सामाजिक संजाल मार्फत मेशिन जडान गरिएको फोटो सार्वजनिक गरेका छन् ।
हाल यो मेशिन नेपालको टिचिङ्ग अस्पताल, बिर अस्पताल, मेडिसिटी अस्पताल लगायत देशका ठूला–ठूला अस्पतालमा मात्र संचालन रहेको जानकारी दिँदै अस्पतालका निमित्त मेसु डा. झाले जडान गरिएको मेशिन अत्याधुनिक प्रविधीको रहेको बताए । उनले यस मेशिनबाट मुटु तथा मस्तिष्कका साथै शरीरको सम्पुर्ण अंगको स्क्यान गर्न सक्ने क्षमताको रहेको जानकारी समेत दिए ।
अस्पतालमा सिटी स्क्यानको जडान भएपछि अब बिरामीहरु अन्यत्र जाने झन्झटबा मुक्त हुने बताउँदै डा. झाले यस मेशिनलाई अपरेट गर्नका लागि रेडियोलोजिष्ट आवश्यक पर्ने हुनाले यसका लागि विज्ञापन समेत गरिएको जानकारी दिए ।
तत्कालिन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको प्रयासमा सिटि स्क्यान मेशिनका लागि बजेट बिनियोजन गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ