News Category 2077/07/21
महामारीको समयमा पनि बैंकर्सले व्यापारीलाई सहुलियत दिएनन् ः उवास अध्यक्ष प्रधान, व्यापारीलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो

दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।
उधोग बाणिज्य संघ सप्तरीले तिहार तथा छठ पर्वको अवसरमा शुक्रबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
आयोजित कार्यक्रममा संघका अध्यक्ष अरुण प्रधानले कोरोना महामारीका कारण उधोग ब्यवसायीलाई ठुलो समस्यामा परेको बताउँदै बित्तिय संस्थाहरुले समेत दुःखको यस घडीमा ऋणी व्यवसायीलाई सहयोग नगरेको दुखेसो पोखे ।
उनले ९ महिनाको महामारीको अवधीमा पनि ब्यापारीहरुले बैंकहरूबाट ऋणको ब्याजमा कुनै सहुलित नपाएको गुनासो गरे ।
उनले भने, “उधोग ब्यवसाय मारमा परेका छन्, सरकारले ब्याज तिर्ने दायरा नबढाएकोले व्यापारी ठुलो समस्यामा पर्दा अहिले ब्यापार चलायमान गतिमा बढेको छ ।” सरकारले उधोगी व्यापारीको हितमा सम्बोधन गर्नुपर्ने तथा बैंकर्सहरुबाट ब्याजमा सहुलियत प्रदान गर्नतर्फ ध्यानाकर्षण गराए ।
यस्तै जिल्लाका व्यापारीहरु अहिले प्रहरी, प्रशासनबाट समेत अनावश्यक दुःख पाइरहेको बताउँदै भन्सार कटाएर ल्याएका सामानहरु पनि प्रहरीले अवैध भनि पक्राउ गर्दै राजश्व कार्यालयमा पठाउने कार्यलाई उनले रोक्नु पर्ने माँग गरे ।
सोही कार्यक्रममा प्रमुख अतिथिको आसननबाट बोल्दै नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले व्यापारीहरुले व्यापार प्रयोजनका लागि विभिन्न बैंकहरुबाट लिएको ऋणमा कोरोना महामारीको समयमा सहुलियत पाउनु पर्नेमा जोड दिए । उनले प्रहरी प्रशासनबाट व्यापारीलाई अनावश्यक दुःख दिने कार्य समेतलाई तुरुन्त बन्द गर्नु पर्ने माग गरे ।
उनले भन्सार बुझाएर ल्याउने सामानहरुको भन्सार कार्यालयसँग समन्वय गर्दै कागजात हेरेर प्रहरीले छोड्नु पर्ने तथा भन्सार छलेका सामानहरु कानुन अनुसार कारवाहीको प्रक्रियामा जानु पर्ने सुझाव समेत दिए ।
सघका अध्यक्ष अरूण प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बरिष्ठ पत्रकार शिवहरी भट्राई, बैजनाथ झालगायत दर्जनौ संचारकर्मीहरू उपस्थिति रहेको थियो ।
सो अवसरमा उधोग बाणिज्य संघका अध्यक्ष प्रधानले कोरोना महामारीबाट बच्न संचारकर्मिहरूलाई मास्क तथा सेनिटाईजर बितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
- 2082/03/17 एसइईको नतिजाले सप्तरीको शिक्षामा प्रश्न चिन्ह
- 2082/03/17 जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी गरेको आरोपमा एक वृद्ध पक्राउ
- 2082/03/17 राजगढमा सभागृह बन्दै
- 2082/03/17 ग्यास चुलो सँग स्वस्थ्य जिवन शैलीको शुरुवात
- 2082/03/17 भन्सार छलेर ल्याउँदै गरेको सूर्तीजन्य पदार्थसहित अन्य सामानहरु बरामद
- 2082/03/17 चोरी मुद्दाका दुई फरार अभियुक्त कारागार चलान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ