News Category 2077/07/26
सबल नेपालद्वारा चालु आ.ब.का लागि १९ करोड ७१ लाख ९४ हजार अनुमानित रकम बिनियोजन
दैनिक समाचारदाता
राजविराज, २६ कात्तिक ।
सबल नेपाल नामक गैरसरकारी संस्थाले बुधबार एक कार्यक्रमबीच आफ्नो १५ औं बार्षिक साधारण सभा राजबिराजमा सम्पन्न गरेको छ ।
सबल नेपालको राजबिराजस्थित केन्द्रिय कार्यालयमा अनलाइन तथा स्थलगत कार्यक्रमको माध्यमबाट साधारण सभा सम्पन्न गरेको हो ।
सामुदायिक क्षेत्रमा सक्रिय रहेको सबल नेपालका अध्यक्ष जुना गिरीले प्रस्तुत गरेकी बार्षिक प्रगति प्रतिवेदन तथा बार्षिक योजना सार्वजनिक गरेका थिए ।
सार्वजनिक प्रतिवेदन अनुसार आ.व. २०७७÷७८ का लागि १९ करोड ७१ लाख ९४ हजार अनुमानित रकम बिनियोजन गरेको उल्लेख छ । जस अन्र्तगत समुन्नती कार्यक्रम अन्र्तगत ६ करोड ८५ लाख, खानेपानी तथा सरसफाइ स्वच्छता कार्यक्रम अन्र्तगत ६ करोड २५ लाख, सौर्यउर्जा प्रबद्र्धन कार्यक्रम अन्र्तगत १५ लाख १४ हजार, शुद्ध खानेपानी माथी सहज पहुँचको लागि ३५ लाख ५० हजार, दैवि प्रकोप राहत तथा कोरोना रोकथाम कार्यक्रम तथा सहयोगको लागि ३ करोड ५० लाख, पुर्ण सरसफाइ अभियानका लागि, १ करोड ५० लाख, कृर्षिमा आधारित कार्यक्रमका लागि ४५ लाख ३५ हजार तथा संस्था संचालन तर्फ ६५ ला ९५ हजार खर्च गरिने जनाइएको छ ।
सोही कार्यक्रममा सबल नेपाललाई बिगतदेखि सहयोग गरेकाका तारा कटुवाल, रंजिता यादव, पुष्पा झा, शिला कर्ण, हिरा ठाकुर र चन्दन यादव लगायतलाई सम्मान गरिएको थियो । त्यस्तै कर्मचारीहरु नन्दकिशोर चौधरी र केशवराज पन्तलाई समेत सम्मान गरिएको थियो ।
सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षता तथा सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक खिलानाथ निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक दिपक कुमार झाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन संस्थाका कोषाध्यक्ष आयुश श्रेष्ठले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ