News Category 2071/02/11

शम्भुनाथ र कंचनरुप नगरपालिकाको वडा विभाजन गरियो

दैनिक समाचारदाता

राजविराज÷सरकारले सप्तरीमा थप गरेका दुई नगरपालिकालाई विस्तार गर्नका लागि वडामा विभाजन गरिएको छ । 
सरकारले वैशाख २५ गतेको निर्णयबाट सप्तरीमा शम्भुनाथ र कंचनरुप नगरपालिकालाई थप गरेको थियो । कञ्चनरुप नगरपालिकामा ९ वटा गाविस समेटिएको छ भने शम्भुनाथ नगरपालिकामा ६ वटा गाविसलाई समेटिएको छ । 
कञ्चनरुप नगरपालिकामा कञ्चनपुर गाविससहित घोघनपुर, धरमपुर, बरमझिया, बदगामा, रुपनगर, पिप्रापुर्व, जगतपुर र ठेलिया गाविसलाई समेटिएको छ भने शम्भुनाथ नगरपालिकामा मोहनपुर, भंगहा, शम्भुनाथ, बसबलपुर, रामपुर जमुवा र खोक्सर प्रवाहा गाविसलाई समेटिएको छ । 
शम्भुनाथ नगरपालिकालाई ६ गाविसलाई मिलाएर ११ वटा वडामा विभाजन गरेको छ ।
खोक्सर प्रवाहाको वडा नं.१, २, ३, ४, ५ लाई मिलाएर नगरपालिकाको वडा नं. १, खोक्सर प्रवाहाकै वडा नं. ६, ७, ८, ९ लाई वडा नम्बर २९ख्स्, शम्भुनाथको १, २, ३, ४, ९ लाई वडा नम्बर ३, शम्भुनाथकै वडा न ५, ६, ७, ८ वडा नम्बर ४, मोहनपुरको वडा नम्बर १, २, ३, ४ र ५, ६, ७, ८, ९ वडा नम्बर ५ र ६ भंगहाको वडा नम्बर ५, ६, ७, ८, ९ तथा  १, २, ३ र वसवलपुरको वडा नम्बर ७, ८, ९ लाई वडा नम्बर ७ र ८ बसवलपुरको वडा नम्बर १, २, ३, ४, ५, ६ वडा नम्बर ९ र रामपुर जमुवाको वडा नम्बर १, २, ३, ९ र ४, ५, ६, ७, ८ लाई वडा नम्बर १० र ११ मा विभाजन गरिएको शम्भुनाथ नगरपालिकाका निमित्त कार्यकारी अधिकृत भागवत यादवले जानकारी दिनुभयो ।  
त्यस्तै कंचनरुप नगरपालिकालाई पनि ११ वडामा विभाजन गरिएको छ । बरमझिया गाविसको ३, ४, ५ र ६ तथा बदगामा गाविसको ५ र ६ लाई मिलाएर १ नम्बर वडा बनाइएको छ । बरमझियाकै १, २, ७, ८, ९ तथा ठेलिया गाविसको ७ नम्बर वडालाई मिलाएर २ नम्बर वडा बनाइएको छ । बदगामाका १,२, ३, ४, ७, ८ र ९ वडालाई मिलाएर ३ नम्बर वडा, जगतपुर १ देखि ९ सम्म वडा नम्बर ४, कंचनपुर १ देखि ९ सम्मका लागि ५ नम्बर वडा, पिप्रा पूर्व गाविसको वडा नम्बर १ देखि ९ सम्मकालाई ६, रुपनगर ५, ६, ८ र ९ तथा धर्मपुर गाविसको ६, ७ र ९ मिलाएर वडा नम्बर ७ बनाइएको छ । 
रुपनगर गाविसकै १ २, ३, ४ र ७ नम्बर वडा, धर्मपुर गाविसको ८ र घोघनपुर गाविसको वडा नम्बर ९ लाई मिलाएर ८ नम्बर वडा बनाइएको छ । धर्मपुर गाविसको १, २, ३, ४ र ५ तथा घोघनपुर गाविसको ७ र ८ लाई मिलाएर ९ नम्बर, घोघनपुरकै १, २, ३, ४, ५ र ६ लाई मिलाएर १० नम्बर तथा ठेलिया गाविसको १, २, ३, ४, ५, ६, ७८ र ९ लाई मिलाएर ११ नम्बर वडामा विभाजन गरिएको छ । 
मुलुककै सबैभन्दा बढी ११४ गाविस रहेको सप्तरीका १५ गाविस नगरपालिकामा परिणत भएपछि जिल्लामा ९९ गाविस बाँकी रहेको छ । कञ्चनरुप नगरपालिकामा ४८ सय ६ सय ९१ जनसंख्या रहेको छ भने शम्भुनाथ नगरपालिकामा ३० हजार २ सय ७ जनसंख्या रहेको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट