News Category 2077/08/17
अरिंगालको टोकाईबाट महिलाको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १७ मंसिर
अरिंगालको टोकाईबाट सप्तरीमा एक महिलाको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ ।
सप्तरीको रुपनी गाउँपालिका १ बस्ने राजेश भन्ने रामसुन्दर यादवकी २४ वर्षिया श्रीमती रमिलादेवीको उपचारको क्रममा मृत्यु भएको हो ।
मंगलबार दिउँसो खेतमा काम गर्न गएको बेला नजिकै रहेको रुखमा झुण्डिरहेको अरिंगालको गोलामा स्थानिय केही केटाकेटीले ढुंगा हानेका थिए । ढुंगा हानेपछि उडेका अरिंगालहरुले खेतमा काम गर्दै गरेकी रमिला र उनका ससुरा सुरतलाललाई समेत टोकेपछि उपचारका लागि सोही गाउँपालिकास्थि युनिक अस्पताल लगिएको थियो ।
तर अवस्था झन बिग्रिदै गएपछि अबेर राती रमिलालाई थप उपचारका लागि त्यहाबाट रेफर गरि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याइएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । अरिंगालको टोकाईबाट घाइते उनका ससुरा सुरतलालको अवस्था भने सामान्य रहेको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ