News Category 2077/08/17
छापाखानाकर्मी रामअवतारको स्मृतीमा श्रद्धाञ्जली सभा
दैनिक समाचारदाता
राजविराज, १७ मंसिर
छापाखानाकर्मी स्व. रामअवतार यादवको स्मृतीमा बुधबार राजविराजमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
नेपाल छापाखाना तथा सम्बद्ध श्रमिक संघ सप्तरीको आयोजनामा आयोजित श्रद्धाञ्जली सभामा वक्ताहरुले रामअवतारको असमायिक निधनले छापाखाना क्षेत्रमा अपूर्णिय क्षति भएको बताएका छन् ।
सभामा टे«ड युनियन काँग्रेसका नेता उमेश मिश्रले साना उमेरदेखी छापाखानासँग आवद्ध रहेका रामअवतार अत्यन्त मिलनसार स्वभावका रहेको तथा आफूले सानै उमेरदेखी उसको महिनेत र लगनशिलता देखेको बताए ।
संघका अध्यक्ष रामानन्द देवको अध्यक्षतमा आयोजित श्रद्धाञ्जली सभामा नेपाल प्रेस युनियन सप्तरीका पूर्व अध्यक्ष ओमप्रकाश साह, संचारकर्मी धिरेन्द्र प्रसाद साह, गणेशलाल देव, माला कर्ण, नवीनकुमार गुप्ता लगायतले स्व. रामअवतारले छापाखानाप्रति देखाएको इमान्दारिता, लगनशिलता र महिनेत बारे चर्चा गरेका थिए । सो अवसरमा छापाखानासँग आवद्ध श्रमिक तथा शुभचिन्तकहरुको तर्फबाट संघका अध्यक्ष रामानन्द देवले स्व. रामअवतारका भाईलाई किरिया खर्च वापत आर्थिक सहयोग समेत प्रदान गरेका थिए ।
स्व. रामअवतार सानै उमेरमा छापाखानामा आवद्ध भई पहिला पत्रिका हकर, मेशिन हेल्परहुँदै मेशिन अपरेटरको रुपमा काम गर्दै आएका थिए । राजविराज वडा नं. १ डुमरी शिवथान निवासी ३० वर्षिय रामअवतारको २०७७ साल मंसिर ५ गते अल्पआयूमै असमायिक निधन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ