News Category 2077/08/17
पुराना मुद्दा साढे तीन वर्ष भित्रै शुन्यमा झार्ने अदालतको तयारी ः सर्वोच्चका न्यायाधीश कार्की
दैनिक समाचारदाता
राजविराज, १७ मंसिर
सर्वोच्च अदालतका न्यायाधिश हरिकृष्ण कार्कीले विगतका वर्षबाट सरेर आएका पुराना मुद्दाहरु अबको साढे तीन वर्ष भित्रै शुन्यमा झारिने तयारी गरिएको जानकारी दिएका छन् ।
बुधबार उच्च अदालत जनकपुर राजविराज इजलाशको सभा कक्षमा न्यायपालिकामा हुन सक्ने बिकृती बिसंगति र अनियमितता तथा बिचौलियाबाट हुन सक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नु पर्ने उपायहरुको सम्बन्धमा बिस्ततृ अध्ययन गरि प्रतिवेदन पेश गर्न उनकै नेतृत्वमा गठित समितिले आयोजना गरेको राय सुझाव संकलन कार्यक्रममा सो जानकारी दिएका हुन् ।
कार्यक्रममा सहभागि नागरिक समाज, संचारकर्मी र अधिकारकर्मीलाई सम्बोधन गर्दै उनले आगामी बि.स. २०८० साल भित्र विगतका वर्षहरुबाट सरेर आएका सबै पुराना मुद्दालाई फच्र्छयौट गरि शुन्यमा झारिने लक्ष्यका साथ काम अघि बढेको र समयमै लक्ष्य प्राप्त गर्ने बताए ।
पुराना मुद्दाहरुलाई सरल, जटिल र अतिजटिल गरि तीन किसिमले वर्गिकरण गरि अबको तीन वर्ष भित्र न्याय सम्पादन र फच्र्छयौट गर्ने लक्ष्यका साथ तिब्र गतिमा काम अघि बढिसकेको छ उनको भनाई छ ।
उनले सकभर पेशीमा चढेर छलफलमा गएका मुद्दाबारे समाचार सम्प्रेशन नगरिदिन अनुरोध गर्दै भने, “यसरी समाचार मिडियामा आउँदा स्वतन्त्र निर्णयमा समेत असर गर्छ ।”
कार्यक्रममा न्याय परिषद्का सदस्य लक्ष्मी बहादुर निराला खडका, नायब महान्यायधिवक्ता नारायण प्रसाद पौडेल, नेपाल बार एशोसिएशनका अध्यक्ष चन्देश्वर श्रेष्ठ, सर्वोच्च अदालतका सहरजिष्टार नेत्र प्रसाद आचार्यलगायतले पनि बोल्दै न्याय सम्पादनका बेला न्यायाधीशलाई कतैबाट प्रभाव पार्नु नहुने जिकिरका साथ छिटो, छरितो र विश्वसनिय न्याय सम्पादनका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ