News Category 2071/02/13

जन्ती गएका एकजना भारतबाट अपहरित

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, १२ जेठ । 
सप्तरीको छिन्नमस्ता गाविसबाट जन्ती गएका एकजना व्यक्ति आइतबार भारतको बिहार राज्यबाट अपहरणमा परेका छन् । 
सप्तरीको बेल्ही चपेना गाविस ७ छातापुर निवासी हरिनारायण साह अपहरणमा परेका हुन् ।  सप्तरीको छिन्नमस्ता गाविसस्थित गोबिन्दरपुर टोलबाट आइतबार साँझ जन्ती गएका साह भारतको बिहार राज्य अन्तरगत सुपौल जिल्लाको बेला मझारी भन्ने स्थानबाट अपहरणमा परेका हुन् । 
जन्ती गएका साहलाई ८÷१० जनाको समूहमा आएका हतियारधारीले बेला मझारी भन्ने स्थानमा बुलेरो रोकि आफ्नै साथमा लगेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । 
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले पीडित परिवारजनले घटना बारे जानकारी गरे लगतै सुपौलका प्रहरीलाई समन्वय गर्न खबर गरेको जानकारी दिनुभयो ।
अपहरणमा परेका साह नेपाली यूवाहरुलाई बैदेशिक रोजगारमा पठाउने काम गर्दै आएका छन् ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट