News Category 2071/02/14

वेवारिसे मोटरसाइकल फेला अभियान चलाएपछि चोरीको गाडी धमाधम बरामद

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, १३ जेठ । 
राजविराजस्थित वन कार्यालयको दक्षिण पट्टीको पर्खाल छेउमा सोमबार राति एक मोटरसाइकल वेवारिसे अवस्थामा फेला परेको छ ।
राती करिब ९ बजे वेवारिसे अवस्थामा ज३प ३५५८ नम्बरको मोटरसाइकल पर्खाल छेउमा राखिएको अवस्थामा देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेको थियो । तत्कालै प्रहरी आएर सो मोटरसाइकल आफ्नो नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सप्तरी लगेको छ । 
मोटरसाइकलको पछाडी तर्फ रहेको नम्बर प्लेटमा माटोले लेपिएको थियो भने मोटरसाइकल पर्खालमा ठोकिएको अवस्थामा रहेको थियो ।
उक्त मोटरसाइकल बारेमा प्रहरीसँग सम्पर्क गर्दा सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले चोरीको मोटरसाइकल नियन्त्रणमा लिने अभियान चलाएपछि त्यस्ता मोटरसाइकललाई चोरी गर्ने गिरोहले बाटोमै छोडेर गएको हुनसक्ने उहाँले जानकारी दिनुभयो । 
उहाँले अभियान चलाएपछि अहिले एउटा मोटरसाइकलमा अर्को मोटरसाइकलको नम्बर लगाएर चलाउने त्यस्ता गाडीहरु धमाधम बरामद हुन थालेको बताउनुभयो । त्यस्ता चोरीका गाडीहरु नियन्त्रणमा लिन सुरु गरेपछि अहिले ४÷५ वटा मोटरसाइकल प्रहरीले बरामद गरिसकेको उहाँ जानकारी दिनुभयो । 
केही समय यता सप्तरीमा अन्य ठाउँबाट चोरी गरेर ल्याएको मोटरसाइकलमा अर्को नम्बर लगाएर चलाउने कार्य व्यापक भेटिएपछि सो को नियन्त्रणका लागि विशेष अभियान नै चलाएको प्रहरी उपरिक्षक अमात्यको भनाई छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट