News Category 2077/08/28
प्रदेश स्तरीय क्रिकेटमा सप्तरीको बिजयी शुरुवात
जनकपुर÷धनुषाको जनकपुरमा संचालित प्रदेश नं. २ स्तरीय पुरुष तर्फको क्रिकेट प्रतियोगिता अन्र्तगत सम्पन्न खेलमा सप्तरीले सिरहालाई ७ बिकेटले पराजित गरेको छ ।
बाह्रबिघा मैदानमा भएको खेलमा सप्तरीले टस जिती ब्याटिङका लागि सिरहालाई निम्तो दिए पछि ब्याटिङ गर्न ओर्लेको सिरहाले निर्धारित ५० ओभरको खेलमा ३५ ओभर ५ बलमा आफना सम्पुर्ण बिकेट गुमाई १ सय ७९ रन बनाउन सफल भएको थियो ।
सिरहाका लागि शुभमान गतराजले ६४ बलमा ८ चौक्काको मद्धतले ४९ रन, प्रदिप पासवानले ३७ तथा राकेश कामेत ३० र रुपेश सिंहले २० रनको योगदान दिएका थिए भने बलिङतर्फ सप्तरीका अजय यादवले ६ ओभरमा ३२ रन दिई ३ बिकेट तथा रोहित सिंह, महवुव आलम र अनुज यादवले सामान २ बिकेट तथा रोबिन सिंहले १ बिकेट लिएका थिए ।
एक सय ८० रनको बिजयी लक्ष्य लिई मैदानमा ओर्लेको सप्तरीले उक्त लक्ष्य २७ ओभरमा भेटाएको थियो । सप्तरीका लागि कप्तान महवुव आलमले नटआउट रहि ३४ बलमा ८ चौका र ३ छक्काको मद्दतले ५९ रन, आशिस झाले ५४ बलमा ८ चौक्का र २ छक्काको मद्धतले ५८ रन, रोहन बिकले ३३ तथा राहुल मण्डलले नटआउट रहि १५ रनको योगदान दिएका थिए । बलिंङतर्फ सिरहाका प्रदिप पासवानले २ तथा दिलिप यादवले १ बिकेट लिएका थिए ।
खेलको म्यान अफ द म्याच सप्तरीका कप्तान महवुव आलम भएका थिए । आईतवार सप्तरी र महोत्तरी बिच खेल हुने प्रदेश क्रिकेट संघका सचिव आयुश श्रेष्ठले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ