News Category 2077/08/28

महिलाहरु आयश्रोतको लागि तरकारी खेतीमा रमाउँदै

दैनिक समाचारदाता

महिलाहरु आयश्रोतको लागि तरकारी खेतीमा रमाउँदै

अरुणकुमार यादव
    राजविराज÷दैनिक आयआर्जनका लागि सप्तरीको दक्षिणी भेगका महिलाहरु पुरुषहरु जस्तै तरकारी खेतिप्रति सक्रिय भएका छन । 
    तरकारी खेतीले राम्रो आम्दानी र लोकप्रिय हुने भएकाले उत्पादित हरियो साग, सब्जी आपूर्ति व्यवस्थालाई सहज बनाउन उनीहरु तरकारी खेती तर्फ आकर्षित भएका हुन । 
    सप्तरीको दक्षिण भेगका छिन्नमस्ता गाउँपालिका वडा नं. ७ का स्थानिय दलित महिलाहरुले सामुहिक तरकारी खेती गर्नमा सक्रियता अपनाउदै आयआर्जनको लागि दिनरात मेहनत गर्दै आएका छन । 
    करिब २० जना कृषक र महिला कृषकहरुले सहजताका लागि स्थानियस्तरमा उत्पादन गरेको तरकारीहरु गाउँ÷गाउँ तथा शहरबजारसम्म बिक्रि बितरण गर्ने लक्षयका साथ अहिले उनीहरु उत्साहित भएर तरकारी खेतिमा लागि परेको कृषकहरुको भनाई छ ।


    सेभ द चिल्ड्रेन तथा सेभ द सप्तरीको साँझेदारीमा सञ्चालित समुन्ती कार्यक्रम अन्र्तगतको जिविकोपार्जन कार्यक्रमलाई लक्षित गरि जिल्लाको दक्षिणी भेगको छिन्नमस्ता गाउँपालिका अतिविपन्न दलित परिवारका महिला सदस्यहरुले कृषक समूहमार्फत तरकारी खेति गर्दै आएको सेभ द सप्तरीका कृषि  प्राविधिक रामकुमार साहले बताए ।         माँ लक्षमी कृषक समहुका अध्यक्ष सीतादेवी सदासहितका २० जना महिला सदस्यहरु मिलेर स्थानीय स्तरमा हरियो साग, सब्जी आपूर्ति व्यवस्थालाई सहज बनाउन यहाँ करिब ३ बिघा जग्गा लिजमा लिएर तरकारी खेति गरिरहेको कृषि प्राबिधिक साहको भनाई छ । 
    उनीहरुलाई बिउ, बिजन, मल खाघ, किटनाशक औषधी लगायतका आवश्यक कृषि औजार तथा सिंचाईका लागि पम्प सेट, बोरिंग पनि सेभ द सप्तरीले यस परियोजनाका लागि सहयोग गर्दै आएको उनले बताए ।
    उनका अनुसार स्थानिय स्तरमा तरकारी अभाव हुन नदिन र लामो समयदेखि कोभिड १९ का कारण प्रभावित रहेको मध्यनजर गरि उनीहरु तरकारी उत्पादनमा जोड दिएका छन ।
    अहिले उनीहरुले बिभिन्न प्रकारका साग, सब्जी, काउली, फर्सी, गोलभेडा, मुला, मिचाई लगायत बिभिन्न प्रकारका हरियो तरकारीहरु उत्पादन गरि ग्रामीन भेग तथा शहरहरुमा समेत सहजताका तरकारी खेतिमा लागेको छ । 
    सेभ द सप्तरीले खास गरि दलित वर्गका परिवारको जिविकोपार्जनका लागि जिल्लाको दक्षिणी भेगको बिष्णुपुर गाउँपालिका, छिन्नमस्ता गाउँपालिका तथा तिलाठी कोइलाडी गाउँपालिकाको बिभिन्न वडाहरुमा कृषक समूह बनाएर स्थानिय स्तरमा तरकारी उत्पादन गर्न जग्गा भडामा लिई कृषकहरुलाई निःशुल्क बिउँबिजन, मलखाद्य लगायतका सामग्रीहरु सहयोग गर्दै आएको कृषि प्राबिधिक साहले जानकारी दिए ।
    आप्mनो जग्गा नभएपनि उनी समूहगत रुपमा स्थानीय जग्गा धनीहरुसँग सहकार्य गरी जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेती गर्दै आएका छन । कतिपयले यसै खेतिबाट आ—आफ्नो छोरा छोरीलाई उच्च शिक्षा समेत पढाईएको सेभ द सप्तरीले जनाएको छ ।
    माँ लक्षमी कृषक समूहकी सदस्य मिनादेवी सदा भन्छिन– “मैले तरकारी खेतिबाट आफ्नो परिवार चलाउनुका साथै दुई÷दुई छोरा÷छोरीलाई सप्तरीको बिष्णुपुरमा रहेको जनतामाविमा कक्षा ३, ६ र ९ सम्म पढाउने सकिएको छु ।” 
    त्यस्तै अर्की सदस्य ममता देवी सदाले पनि यस तरकारी खेति गरेर ६ जना परिवार चलाउनुको साथै केही पैसा बचत समेत गर्ने गरेको बताइन् । शिक्षा, दिक्षा र गास बास, कपासको राम्रो माध्यम नै तरकारी खेति बनेको उनीहरुको भनाई छ ।
    सेभ द सप्तरीका अनुसार समुन्ती कार्यक्रम अन्तरर्गतको जिविकोपार्जन कार्यक्रमम सप्तरीको तिलाठी कोईलाडी, छिन्नमस्ता, विष्णुपुर गाउँपालिका र राजविराज नगरपालिकाका केही वडाका अति विपन्न परिवारका सदस्यहरु यस परियोजनाबाट लाभाम्बित हुने गरेको जनाइएको छ ।
    उक्त क्षेत्रका महिलाहरु विगत ३ वर्ष देखी तरकारी खेती गरी मग्नीय आम्दनी समेत गर्दै आएका छन । उक्त आम्दानीबाट आफनो घर खर्च र जिविकोपार्जन गर्न पाउदा जिवनको साहारा बनेपछि उनीहरु खुशी देखिएको छ ।
    सोही अनुसार छिन्नमस्ता गाउँपालिका वडा नं. ७ स्थित  जग्गामा माँ लक्षमी कृषक समुहको २० जना महिला सदस्यहरु मिलेर अहिले बिभिन्न प्रकारको तरकारी उत्पादनका लागि खेति गरेको कृषि ज्ञान केन्द्रबाट त्यहाँ अनुगमन एवम निरिक्षणका क्रममा जानुभएको कार्यालय प्रमुख राजेन्द्र प्रसाद यादवले बताए ।
    छिन्नमस्ता गाउँपालिका वडा नं. ७ का स्थानिय दलित वर्गका महिलाहरु तरकारी खेतिमा लागेको देख्न पाइएको छ र उनीहरु आप्mना परिवारको आयआर्जन उकासनका लागि सक्रियता देखिएकोले म एक दमै खुशी भएका छौ कृषि ज्ञान केन्द्रका प्रमुख यादवले भने । 
    अहिले ग्रामिन भेगका महिलाहरु यसरी तरकारी खेतिमा लागेमा परिवार चलाउन पनि सहज हुने बताउदै यसका लागि कृषि ज्ञान केन्द्रबाट पाउने सहयोग समेत गर्ने उहाँले प्रतिवद्धता समेत जनाए । साथै उनले कुनै प्रकारको मल नदिइ आग्रनिक आफनै घराइसी मलबाट तरकारी खेति गर्न कृषकहरुलाई सल्लाह समेत दिऐ । 
    उनले स्वास्थ्यको फाईदाका लागि भएपनि गाई, भैसीको गौबरबाट बनेको मल प्रयोग गरेमा खेतको उर्वरा शक्ति समेत बढाउने भएकाले यही मल प्रयोग गर्दा राम्रो हुने पनि बताए । महिलाहरुले आफैले लगाएको तरकारीबारीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु हर्सित समेत भएका छन ।
    छिन्नमस्ता गाउँपालिका वडा नं. ७ मा रहेको तरकारी खेतिको कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्र प्रसाद यादव, सेभ द सप्तरीका कृषि प्राबिधिक रामकुमार साह, अधिकृत बिष्णुकान्त देव, फिल्ड अधिकृत सत्यनारायण थारु र समुदायिक परिचाक चम्पा शर्मा लगायतकाले अनुगमन गरेका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट