News Category 2077/09/02
प्रदेश स्तरीय महिला क्रिकेटमा सर्लाही र बारा बिजयी

दैनिक समाचारदाता
राजविराज, २ पुस ।
राजविराजमा संचालित प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत प्रदेश स्तरिय महिला छनौट क्रिकेट प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा सर्लाहीले सप्तरीलाई ६९ रनले तथा सिरहाले बारालाई ९ बिकेटले पराजित गरेको छ ।
सम्पन्न पहिलो खेलमा सर्लाहीले टसजिती सप्तरी बिरुद्ध पहिलो ब्याटिंग गर्दै निर्धारित २० ओभरको खेल १५ ओभरमा ५ बिकेटको नोक्सानीमा २ सय १५ रन बनाएका थिए । सर्लाहीका लागि मेलिना रायमाझीले ५९ बलमा १२ चौक्का मद्धतले अविजित ७८ रनको योगदान दिएका थि भने श्रेया थापा १९ रनमा अविजित रहेका थिए ।
बलिंगतर्फ सप्तरीका नविता चौधरीले ३ बिकेट तथा सिता चौधरीले १ बिकेट लिएका थिए । सप्तरीले निर्धारित समय भन्दा ढिलो ओभररेटका कारण स्थानीय अवस्थालाई आधार मानी प्रति ओभर १० रनका दरले कुल ५० रन पेनाल्टी वापत दिएका थिए ।
२ सय १६ रनको बिशाल लक्ष्य लिई मैदानमा ओर्लेको सप्तरी १६ ओभरमा ९ बिकेट गुमाई १ सय ४६ रन बनाएका थिए । सर्लाहीले समेत ढिलो ओभररेटका कारण १० रनका दरले कुल ४० रन पेनाल्टी वापत दिएका थिए । सप्तरीका नविता चौधरी ११ बाहेक कसैले दोहोरो अंक छुन सकेका थिएन । बलिंग तर्फ सर्लाहीका दुर्गा कार्की र दिया बिकले सामान २ बिकेट तथा मिनिका कुमारी साह, यमुना श्रेष्ठ र सरला श्रेष्ठले सामान १ बिकेट लिएका थिए ।
खेलको म्यान अफ द म्याच उत्कृष्ट ब्याटिंग गरे वापत सर्लाहीका मेलिना रायमाझी भएका थिए ।
यस्तै बिहिवारै सम्पन्न अर्को खेलमा बाराले सिरहा बिरुद्ध टसजिती बाराले ब्याटिंग गर्दै निर्धारित २० ओभरको खेलमा ४ बिकेट गुमाई ८४ रन बनाएका थिए । बाराका लागि साना प्रविनले ६३ बलमा ३ चौक्काको मद्धतले अविजित ३३ रन बनाएका थिए भने चान्दनी अधिकारीले १५ रनको योगदान दिएका थिए । बलिंग तर्फ सरस्वती चौधरीले २ बिकेट तथा सन्तोषी चौधरी र कविता गौतमले १÷१ बिकेट लिएका थिए ।
८५ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको सिरहाले उक्त लक्ष्य सजिलै १० ओभर ५ बलमा १ बिकेटको नोक्सानीमा प्राप्त गरेका थिए । सिरहाका लागि अनुराधा चौधरीले २७ बलमा ६ चौक्काको मद्धतले ३८ रन बनाएका थिए भने उर्मिला चौधरीले ३५ बलमा ३ चौक्काको मद्धतले २६ रनको योगदान दिएका थिए । दुवै खेलाडि अविजित रहेका थिए ।
खेलमा उत्कृष्ट प्रर्दशन गरे वापत सिरहाका अनुराधा चौधरी म्यान अफ द म्याच भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2077/10/15 स्नान गर्न तथा मेला भर्न सप्तकोशीमा भिड
- 2077/10/15 भाडामा रहेको वडा कार्यालय आफ्नै भवन
- 2077/10/15 मोटरसाईकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
- 2077/10/14 सुरु भयो कोरोना बिरुद्धको खोप अभियान, पहिलो चरणमा सप्तरीमा ३ हजार ७ सय ५४ जनालाई लगाइने
- 2077/10/14 आप्रवासी कामदार हकहित संरक्षण केन्द्रद्वारा पाँच बुँदे मागसहित ज्ञापन
- 2077/10/14 शिक्षक बस्ने कोठा भित्र अजिङगर फेला
- 2077/10/13 प्रचण्ड र माधव नेपाललाई दुई सर्त पुरा गर्दै पार्टीमा एकताबद्ध हुन उपप्रधानमन्त्री पोखरेलको आह्वान
- 2077/10/13 छोराछोरीको पढाई खर्च जुटाउन तरकारी खेती
- 2077/10/13 अनेरास्ववियुद्वारा मन्त्रीहरुलाई कालो झण्डा देखाईयो
- 2077/10/12 वन कार्यालयको टेण्डरमा “सेटिङ” !
अन्तर्राष्ट्रिय समाचार
- 2077/08/15 भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो
- 2077/05/01 प्लाज्मा थेरापी कोभिड–१९ उपचारमा कति सफल ?
- 2077/03/03 कोरोना भाइरसबाट विश्वमा ४ लाख ४६ हजारभन्दा बढीको मृत्यु, ८२ लाख ६५ हजारभन्दा बढी संक्रमित
- 2077/03/02 कोरोना भाइरसबाट विश्वमा ४ लाख ३९ हजार भन्दा बढीको मृत्यु, ८१ लाख भन्दा बढी संक्रमित
- 2077/03/01 अर्का अश्वेत व्यक्तिको हत्यापछि अमेरिकामा आन्दोलन