News Category 2071/02/15

मैथिल महिलाहरुले बरसाइत पर्व मनाए

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, १४ जेठ । 
पतिको दिर्घायुको कामना गर्दै बुधबार तराई मधेशका मैथिल महिलाहरुले बट सावित्री (बरसाइत) पर्व धुमधामका साथ मनाएका छन् ।
मैथिल महिलाहरुले मनाउने चाँडपर्व अन्तरगत बट सावित्री पर्व पनि एक ठूलो पर्वको रुपमा रहेको छ । 
बट सावित्री पर्व मनाउन बुधबार बिहानैदेखी सप्तरी सदरमुकाम राजविराजस्थित भगवती मन्दिर प्राङ्गणमा रहेको बरको रुखमा पुजा गर्न उल्लेख्य संख्यामा महिलाहरुको भिड लागेको थियो । 
यस्तै सदरमुकाम बाहिरका महिलाहरुले पनि बरको रुख तल सामुहिक रुपमा जम्मा भई यो पर्व मनाउादै छन् ।
पौराणिक कथा अनुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी पत्नी सावित्रीले बरको रुख तल बसेर कठोर ब्रत गरी आजैकै दिन आफ्ना पतिको प्राण फर्काएको हुँदा महिलाहरुले आफ्ना पतिको दिर्घायुका लागि बट सावित्री पर्व मनाउने गरेको विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख छ । 
यो पर्व मनाउन बिहानै नुहाई धुवाई गरी नयाँ बस्त्र लगाई उपवास बसिन्छ । बरको रुखमुनी गाउँ गाउँका मैथिल महिलाहरु भेला भई पुजा गर्ने गर्छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट