News Category 2071/02/16
अपहरणकारीको कब्जाबाट उम्किन सफल
दैनिक संवाददाता
राजविराज, १५ जेठ ।
गत आइतबार भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्लाको बेला मझारीबाट जन्ती गएको बेला अपहरणमा परेका सप्तरीका एक युवक अपहरणकारीको कब्जाबाट उम्किन सफल भएका छन् ।
सप्तरी छिन्नमस्ता गाविसबाट जन्ती गएका सप्तरी बेल्ही चपेना गाविस ७ छातापुर निवासी हरिनारायण साहले आफू गोविन्दपुर टोलबाट गत सोमबार साँझ अपहरणकारीको चंगुलबाट भाग्न सफल भएका हुन् ।
अपहरणकारी राती सुतिरहेको अवस्थामा ढोका खोलेर त्यहाबाट भाग्न सफल भएको बिहीबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा साहले जानकारी दिनुभयो ।
अपहरणकारीले आफूसँग रु. एक करोड फिरौती माग गर्दै शारीरिक र मानसिक यातना दिएको उहाँले जानकारी दिनुभयो । भागेर भारतीय प्रहरीको सम्पर्कमा आएको र बुधबार भारतीय प्रहरीकै सहयोगमा आफू घरसम्म आइपुगेको साहको कथन छ ।
आफूलाई अपहरण गर्ने समूहमा संलग्न रहेको आरोपमा भारतीय प्रहरीले पिपराखुद निवासी उमेश मेहतालाई पक्राउ गरिसकेको र सोही ठाउँका अशोक मेहता र जोगेन्द्र यादवलाई खोजी गरिरहेको साहले जानकारी दिनुभयो ।
उहाँले अपहरणकारीले आफूसँग रहेको रु १० हजार नेपाली र दुई हजार भारु, एक तोला सुन, एक थान मोबाइल र मोटरसाइकल लुटेको जानकारी दिनुभयो ।
सोही पत्रकार सम्मेलनमा साहले संचारकर्मीहरुलाई आफूसँगै जन्ती गएका छिन्नमस्ता गाविसका सुनिल कुमार यादवले नै अपहरण गर्न लगाएको आरोप समेत लगाउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ