News Category 2071/02/16

अपहरणकारीको कब्जाबाट उम्किन सफल

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १५ जेठ । 
गत आइतबार भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्लाको बेला मझारीबाट जन्ती गएको बेला अपहरणमा परेका सप्तरीका एक युवक अपहरणकारीको कब्जाबाट उम्किन सफल भएका छन् । 
सप्तरी छिन्नमस्ता गाविसबाट जन्ती गएका सप्तरी बेल्ही चपेना गाविस ७ छातापुर निवासी हरिनारायण साहले आफू गोविन्दपुर टोलबाट गत सोमबार साँझ अपहरणकारीको चंगुलबाट भाग्न सफल भएका हुन् । 
अपहरणकारी राती सुतिरहेको अवस्थामा ढोका खोलेर त्यहाबाट भाग्न सफल भएको बिहीबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा साहले जानकारी दिनुभयो । 
अपहरणकारीले आफूसँग रु. एक करोड फिरौती माग गर्दै शारीरिक र मानसिक यातना दिएको उहाँले जानकारी दिनुभयो । भागेर भारतीय प्रहरीको सम्पर्कमा आएको र बुधबार भारतीय प्रहरीकै सहयोगमा आफू घरसम्म आइपुगेको साहको कथन छ । 
आफूलाई अपहरण गर्ने समूहमा संलग्न रहेको आरोपमा भारतीय प्रहरीले पिपराखुद निवासी उमेश मेहतालाई पक्राउ गरिसकेको र सोही ठाउँका अशोक मेहता र जोगेन्द्र यादवलाई खोजी गरिरहेको साहले जानकारी दिनुभयो । 
उहाँले अपहरणकारीले आफूसँग रहेको रु १० हजार नेपाली र दुई हजार भारु, एक तोला सुन, एक थान मोबाइल र मोटरसाइकल लुटेको जानकारी दिनुभयो । 
सोही पत्रकार सम्मेलनमा साहले संचारकर्मीहरुलाई आफूसँगै जन्ती गएका छिन्नमस्ता गाविसका सुनिल कुमार यादवले नै अपहरण गर्न लगाएको आरोप समेत लगाउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट