News Category 2071/02/16

पत्रकार महासंघलाई फर्निचर प्रदान

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, १५ जेठ । 
नेपाल पत्रकार महासंघ सप्तरी शाखालाई विभिन्न संघसंस्था तथा कार्यालयहरुले गणतन्त्र दिवसको अवसरमा फर्निचर सहयोग स्वरुप प्रदान गरेको छ । 
महासंघको भवनमा बिहीबार आयोजित एक कार्यक्रमबीच सगरमाथा यातायात संघ तथा सगरमाथा ट्रक ढुवानी यातायात समिति, जिल्ला हुलाक कार्यालय र ग्रामिण गरिबी न्यूनिकरण तथा दलित उत्थान समाज कल्याणपुरले फर्निचनहरु सहयोग स्वरुप प्रदान गरेको हो । 
सो कार्यक्रममा महासंघका सप्तरी सभापति प्रकाश खतिवडालाई यातायात संघले एक थान स्टिल दराज, हुलाक कार्यालयले एक थान फेल्डिङ्ग कुर्सी र दलित उत्थान समाजले एक थान टेबल हस्तान्तरण गरेको हो । 
सोही दिन महासंघले आफ्नो कार्यालय भुई तल्लाबाट माथी पहिलो तल्लामा सारेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट