News Category 2071/02/17

सात जना जुवाडे नगदसहित पक्राउ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १६ जेठ । 
प्रहरीले सप्तरीको बसबिट्टी गाविसबाट कौडा खेलिरहेको अवस्थामा ७ जना जुवाडेहरुलाई जुवा खेलिरहेको अवस्थामा बिहीबार दिउँसो पक्राउ गरेको छ । 
बसबिट्टी गाविस वडा नं. ७ स्थित बाँसघारीमा कौडा खेलिरहेको अवस्थामा १६ थान कौडासहित, ६ थान मोबाइल, नगद रु. १ लाख ३ हजार ६ सय ८४ रुँपैया, दुई वटा मोटरसाइकल र दुई थान साइकल समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । 
पक्राउ पर्नेहरुमा बसबिट्टी गाविस ७ निवासी विद्यानन्द ठाकुर, महदेवा ७ निवासी भागवत अधिकारी, राजविराज ५ निवासी गुलाब यादव, पातो ४ निवासी डोमी मुखिया, मलेठ ६ निवासी राकेश दास, मलेठ ६ निवासी बिजयकुमार दास र बसबिट्टी ७ निवासी श्याम दास रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले जानकारी दिनुभयो । 
विशेष सूचनाको आधारमा ७ जना जुवाडेहरुलाई पक्राउ गरि जुवा ऐन २०२० अन्तरगत कानुनी कारवाहीका लागि जिल्ला अदालतमा पठाइएको उहाँले जानकारी दिनुभयो । 
यसैबीच सोही पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक दिनेश अमात्यले ७५ जिल्ला मध्ये सप्तरीको नेतृत्व उत्कृष्ठ रहेकोले संगठनको सिफारिसमा “प्रवल जनसेवा श्री चतुर्थ” बाट सम्मानित भएको जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट