News Category 2071/02/17

नगरपालिका अधिकृतले गरे खेलकुदका अध्यक्षलाई दुव्र्यबहार

दैनिक समाचारदाता



दैनिक संवाददाता
राजविराज, १६ जेठ । 
जिल्ला खेलकुद विकास समिति सप्तरीका अध्यक्ष दशरथ प्रसाद गुप्ताले राजविराज नगरपालिका कार्यालय प्रमुख एवं कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गले आफुलाई अपमान एवं दुव्र्यबहार गरेको बताउनु भएको छ । 
अध्यक्ष गुप्ताले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि आफू र प्रशासकिय अधिकृत महेन्द्र प्रसाद यादव मंगलबार नगरपालिका कार्यालयमा खेलकुद गराउनका लागि रु. एक लाखको प्रस्तावना पत्र लिएको गएपछि अधिकृत गुरुङ्गले सो पत्र च्यातेर डस्टबिनमा फ्याली आफूहरुलाई कार्यकक्षबाट बाहिर निस्कन भन्दै अपमान गरेको आरोप लगाउनु भयो ।
उहाँले जिल्लामा खेलकुद गतिविधी गराउनका लागि राष्ट्रिय स्तरको वर्षभरीमा चार वटा योजनाका लागि मात्र बजेट आउने गरेको भन्दै जिल्ला स्तरिय खेलकुदका लागि युवा तथा खेलकुद मन्त्रालयले स्थानिय निकायको सहयोगमा खेलकुद गराउन स्पष्ट रुपमा भनेपछि सोही अनुसार नगरपालिकामा प्रस्तावना पत्र लिएर गएको जानकारी दिनुभयो । 
पूर्वाञ्चल सुटिङ्ग र जिल्ला स्तरिय फुटबल प्रतियोगिता गराउनका लागि जिल्ला खेलकुद विकास समितिमा विभिन्न कर्मचारी र खेलकुद प्रशिक्षकहरुसँग छलफल गरि निर्णय गरे बमोजिम नगरपालिकासँग सहयोगका लागि प्रस्ताव लिएर गएको अध्यक्ष गुप्ताको भनाई छ । 
सोही पत्रकार सम्मेलनमा खेलकुद विकास समिति सप्तरीका कार्यालय प्रमुख लक्ष्मण मण्डलले अध्यक्ष गुप्तामाथी भएको दुरव्यबहारप्रति घोर निन्दा गर्दै कार्यालय प्रमुखमाथी कारवाहीको माग गर्नुभएको छ । 
यस्तै जिल्ला सुटिङ्ग संघका अध्यक्ष शशिकला मानन्धरले जिल्लामा खेलकुदका लागि नगरपालिकामा कुनै प्रस्ताव लिएर जाँदा पत्र च्यातेर डस्टबिनमा फ्याल्नु अति नै दुःखदायि घटना भएको भन्दै घटनाको भत्र्सना गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट