News Category 2077/09/24
बाह्र वर्षपछि ज्यान मार्ने उद्योगका अभियुक्त पक्राउ, ६ महिनामा ३ सय ९७ फरार अपराधी पक्राउ परे

दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
सप्तरी प्रहरीले १२ वर्षअघि ज्यान मार्ने उद्योग घटनामा संलग्न भई फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेका सप्तरीको कंचनरुप नगरपालिका ५ निवासी ३८ वर्षिय गोरिया भन्ने बिरेन्द्र मलाहालाई सार्वजनिक गरेको हो ।
विशेष सूराकीको आधारमा खटेको प्रहरी टोलीले उनलाई गाउँमै लुकेर कसेको अवस्थामा पक्राउ गरेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् ।
बि.स. २०६५ असोज ६ गते सोही वडाका दौलत पाण्डे र उनको आफन्तमाथी भएको ज्याान मार्ने उद्योग घटनामा सप्तरी जिल्ला अदालतबाट ५ वर्ष कैद सजाय फैसला सुनाइएपछि फरार रहेकाले मलाहालाई अदालतमा उपस्थित गराई कैद सजाय भुक्तान गर्न कारागार पठाउने तयारी भइरहेको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक धमलाले बताए ।
यस्तै पत्रकार सम्मेलनमा पछिल्लो समय फरार अपराधी पक्राउ गर्न सप्तरी प्रहरीले चलाएको अभियान र मिलेको सफलता बारे बिबरण समेटिएको तथ्याङ्क पनि सार्वजनिक गरेको छ । तथ्याङ्क अनुसार साउन १ देखी पुस २४ सम्मको ६ महिने अवधीमा विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकी फरार रहेका ३ सय ९७ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरि अदालतमा बुझाएको छ ।
यसरी पक्राउ परेका अपराधीबाट जरिवाना वापत १० लाख ९८ हजार ३ सय २५ रुँपैया असुली भएको तथा उनीहरुको ६० वर्ष ९ महिना २२ दिन कैद भुक्तान बाँकी रहेको प्रहरी उपरिक्षक धमलाले बताए ।
यसैबीच सोही पत्रकार सम्मेलनमा प्रहरी नायब उपरिक्षक भुवनेश्वर साहले यस अवधीमा जिल्ला प्रहरी कार्यालय मातहतमा रहेको इलाका प्रहरी कार्यालय कल्याणपुर, कडोरबोना र कंचनपुरमा समेत गरि कुल ४ सय ३७ मुद्दा दर्ता भएको जानकारी दिए ।
सोही अवधीमा भन्सार छलि अवैध रुपमा भित्राइएका २ करोड १२ लाख ८२ हजार ८ सय ७४ रुँपैया मुल्य बराबरको तीन थान पिकअप, ८२ थान मोटरसाइकल, ८ थान अटोरिक्सा, ५ थान ट्रयाक्टर र दुई थान टेम्पु जफत गरि भन्सार कार्यालय बुझाइएको डिएसपी साहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2077/10/15 स्नान गर्न तथा मेला भर्न सप्तकोशीमा भिड
- 2077/10/15 भाडामा रहेको वडा कार्यालय आफ्नै भवन
- 2077/10/15 मोटरसाईकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
- 2077/10/14 सुरु भयो कोरोना बिरुद्धको खोप अभियान, पहिलो चरणमा सप्तरीमा ३ हजार ७ सय ५४ जनालाई लगाइने
- 2077/10/14 आप्रवासी कामदार हकहित संरक्षण केन्द्रद्वारा पाँच बुँदे मागसहित ज्ञापन
- 2077/10/14 शिक्षक बस्ने कोठा भित्र अजिङगर फेला
- 2077/10/13 प्रचण्ड र माधव नेपाललाई दुई सर्त पुरा गर्दै पार्टीमा एकताबद्ध हुन उपप्रधानमन्त्री पोखरेलको आह्वान
- 2077/10/13 छोराछोरीको पढाई खर्च जुटाउन तरकारी खेती
- 2077/10/13 अनेरास्ववियुद्वारा मन्त्रीहरुलाई कालो झण्डा देखाईयो
- 2077/10/12 वन कार्यालयको टेण्डरमा “सेटिङ” !
अन्तर्राष्ट्रिय समाचार
- 2077/08/15 भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो
- 2077/05/01 प्लाज्मा थेरापी कोभिड–१९ उपचारमा कति सफल ?
- 2077/03/03 कोरोना भाइरसबाट विश्वमा ४ लाख ४६ हजारभन्दा बढीको मृत्यु, ८२ लाख ६५ हजारभन्दा बढी संक्रमित
- 2077/03/02 कोरोना भाइरसबाट विश्वमा ४ लाख ३९ हजार भन्दा बढीको मृत्यु, ८१ लाख भन्दा बढी संक्रमित
- 2077/03/01 अर्का अश्वेत व्यक्तिको हत्यापछि अमेरिकामा आन्दोलन