News Category 2077/09/27
हिन्दु परम्परा अनुसार मृत हात्तिको अन्त्येष्टि
दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
सप्तरीमा विद्युतीय धरापमा परि मृत्यु भएको हात्तिको हिन्दु परम्परा अनुसार शनिबारै अन्त्येष्टि गरिएको छ ।
शनिबार बिहान मरेको हात्तिलाई पण्डित समेतको उपस्थितिमा हिन्दु परम्परा अनुसार घटनास्थल नजिकै गहिरो खाडल खनेर अन्त्येष्टि गरिएको जिल्ला वन अधिकृत सन्तोष झाले जानकारी दिएका छन् ।
हात्तिको अन्त्येष्टिका लागि जिल्ला वन कार्यालयले आवश्यक सबै खर्चको व्यवस्था समेत मिलाएको वन अधिकृत झाले बताए ।
यसैबीच जंगली हात्तिको मृत्यु भएको घटनाप्रति जिल्ला वन कार्यालय सप्तरीले चिन्ता व्यक्त समेत गरेको छ ।
विद्युतीय धराप पारेर हात्तिलाई मारिनु गैरकानुनी रहेको भन्दै जिल्ला वन अधिकृत झाले जंगली जनावरको सुरक्षाका लागि टाक्सफोर्स गठन आवश्यकतामा जोड दिए् ।
डेढ महिनाअघि जिल्लाको कंचनरुप नगरपालिका ५ स्थित परेमारामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको अन्दाजी २०÷२१ वर्षको हात्ति विद्युतीय पोलमा करेन्ट लागेर मृत्यु भएको थियो ।
पछिल्लो पटक शनिबार सोही ठाउँबाट आएको अर्को १८÷१९ वर्षिय हात्ति खडक नगरपालिका ४ अमाहाका कृषक गोसाईराम चौधरीले गहुँबालीको सुरक्षाका लागि खेतमा जडान गरेको विद्युतीय तारमा परि मरेको हो ।
जंगली जनावरलाई विद्युतीय पासो थापेर यसरी मार्ने काम गैरकानुनी भन्दै वन अधिकृत झाले मानव तथा वन्यजन्तु बीचको डरलाग्दो स्वरुप भएको समेत बताए ।
विद्युतीय धराप थाप्ने व्यक्ति हाल फरार रहेको जानकारी दिँदै उनले निजमाथी कानुनी कारवाही गरिने बताउँदै वन्यजन्तुहरुको संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम अघि बढिसकेको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/20 मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
- 2082/09/20 कारले मोटरसाइकललाई ठक्कर दिदा पत्रकार कर्ण घाइते
- 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
- 2082/09/18 वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
- 2082/09/18 जगन्नाथ रथयात्राको तयारी पुरा
- 2082/09/18 कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
- 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
- 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ