News Category 2077/09/28
महिला हत्याका अभियुक्त कारागार चलान, तीन जना धरौटीमा रिहा
दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
माछा मार्ने विषयमा विवाद हुँदा भएको झडपमा मृत्यु भएका एक महिलाको हत्याको आरोपमा पक्राउ परेका एक जना कारागार चलान भएका छन् भने सोही घटनामा संलग्न तीन जना धरौटीमा रिहा भएका छन् ।
सप्तरीको बोदेबरसाईन नगरपालिका ३ का ३६ वर्षिय रबितकुमार मण्डल कारागार चलान भएका हुन् । यता घटनामा संलग्न रहेको आरोपमा उनीसँगै पक्राउ परेका तीनजना भने अदालतको आदेशमा जनही ५०÷५० हजार रुँपैया धरौटीमा रिहा भएका छन् ।
धरौटी बुझाएर रिहा हुनेहरुमा सोही वडाका शिवचरण मण्डल, सुरेन्द्र मण्डल र बिजय मण्डल छन् । चारै जनालाई सोमबार जिल्ला अदालत सप्तरीमा उपस्थित गराउँदै रबितलाई ज्यान सम्बन्धी कसुरमा पूर्पक्षका लागि कारागार पठाउने तथा अन्य तीनजनालाई धरौटीमा रिहा गर्ने आदेश भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।
गत मंसिर २८ गते माछा मार्ने विषयमा विवाद हुँदा रबित मण्डलको नेतृत्वमा रहेको एक समूहले घरेलु हातहतियारले आक्रमण गर्दा सोही वडा निवासी ३४ वर्षिया गंगियादेवी मण्डलको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ