News Category 2077/09/28
महिला हत्याका अभियुक्त कारागार चलान, तीन जना धरौटीमा रिहा
दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
माछा मार्ने विषयमा विवाद हुँदा भएको झडपमा मृत्यु भएका एक महिलाको हत्याको आरोपमा पक्राउ परेका एक जना कारागार चलान भएका छन् भने सोही घटनामा संलग्न तीन जना धरौटीमा रिहा भएका छन् ।
सप्तरीको बोदेबरसाईन नगरपालिका ३ का ३६ वर्षिय रबितकुमार मण्डल कारागार चलान भएका हुन् । यता घटनामा संलग्न रहेको आरोपमा उनीसँगै पक्राउ परेका तीनजना भने अदालतको आदेशमा जनही ५०÷५० हजार रुँपैया धरौटीमा रिहा भएका छन् ।
धरौटी बुझाएर रिहा हुनेहरुमा सोही वडाका शिवचरण मण्डल, सुरेन्द्र मण्डल र बिजय मण्डल छन् । चारै जनालाई सोमबार जिल्ला अदालत सप्तरीमा उपस्थित गराउँदै रबितलाई ज्यान सम्बन्धी कसुरमा पूर्पक्षका लागि कारागार पठाउने तथा अन्य तीनजनालाई धरौटीमा रिहा गर्ने आदेश भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।
गत मंसिर २८ गते माछा मार्ने विषयमा विवाद हुँदा रबित मण्डलको नेतृत्वमा रहेको एक समूहले घरेलु हातहतियारले आक्रमण गर्दा सोही वडा निवासी ३४ वर्षिया गंगियादेवी मण्डलको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
- 2082/09/23 अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
- 2082/09/23 दुई पालिकामा न्यानो कम्बल वितरण
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
- 2082/09/20 मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
- 2082/09/20 कारले मोटरसाइकललाई ठक्कर दिदा पत्रकार कर्ण घाइते
- 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
- 2082/09/18 वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ