News Category 2077/09/29
चिसोका कारण समस्यामा परेका बालबालिकालाई सहयोग
दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
चिसोका कारण विद्यालय जान समस्यामा परेका बालबालिकालाई विद्यालयमै पुगि संैनिक श्रीमती संघ तथा अजिज फाउण्डेशन नेपालले न्यानो कपडा बितरण गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको विकट गाउँ गोबरगाढास्थित सारदा आधारभूत विद्यालयका १ सय ३५ बालबालिकालाई विद्यालयमै पुगेर सैनिक श्रीमती संघ भद्रकालिले स्कुल ब्याग, जुत्ता, मोजा तथा अजिज फाउण्डेशन नेपालले ट्रयाकसुट र टिसर्ट बितरण गरेको हो ।
नेपाली सेना भिम दल गण राजविराजसितको समन्वयमा विद्यालयमा आयोजित एक कार्यक्रमबीच सैनिक श्रीमती संघी सदस्य सुप्रिया थापा, भिम दल गणका गणपति प्रमुख सेनानी निरज भण्डारी, फाउण्डेशनका संस्थापक अध्यक्ष सेरकी लामु शेर्पा, संस्थापक सदस्य रोशन भण्डारी, एम्बेसडर डा. किशन भण्डारी लगायतले उक्त सामाग्रि बालबालिकालाई बितरण गरे ।
चिसोबाट बढी प्रभावित तथा आर्थिक रुपले कमजोर गरिब, असहाय, विपन्न परिवारका बालबालिकाको सूची तयार गरि विद्यालयमै पुगेर बितरण गरिएको जानकारी दिदै प्रमुख सेनानी भण्डारीले सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग जुटाइएको बताए ।
केही दिन अघिमात्र अपाङ दिवसको अवसर पारेर सैनिक श्रीमती संघले एक कार्यक्रमको आयोजना गरि शारीरिक रुपमा अशक्त भई कष्टकर जिवन बिताउन बाध्य १३ जनालाई ह्वील चेयर बितरण गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/02 डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
- 2082/06/02 दिपावली गरी संविधान दिवस मनाउने निर्णय
- 2082/06/02 मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
- 2082/06/02 उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
- 2082/06/02 फरार ८२ कैदीबन्दी पक्राउ
- 2082/06/02 जेनजी आन्दोलनका क्रममा सहिद भएकाहरुको सम्मानमा दिप प्रज्वलन
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ