News Category 2077/10/12
वन कार्यालयको टेण्डरमा “सेटिङ” !
दैनिक समाचारदाता
राजविराज, १२ माघ ।
डिभिजन वन कार्यालय सप्तरीमा सोमबार टेण्डर फारम बुझाउन आएकाहरुलाई हातपात र टेण्डर च्यात्दै बुझाउनबाट बञ्चित गराइएको छ ।
टेण्डर फारम दर्ता गर्ने अन्तिम दिन सोमबार लक्ष्मी निर्माण सेवा सप्तरीका प्रतिनिधि जिवछ साहलगायत दुई÷तीन जनामाथी अवरोध र दुव्र्यबहार गर्दै वन तथा निर्माण व्यवसायीहरुको एक समूहले उनीहरुको टेण्डर फारम च्यात्नुका साथै हातपात गर्दै फारम बुझाउनबाट बञ्चित गराएका हुन् ।
टेण्डर फारम बुझाउन जाँदा गेटमा रहेका वनरक्षक तथा निर्माण व्यवसायी संघका एक समूहले हातपात गर्दै मुल गेटबाट भित्र प्रवेशमा रोक लगाएको पीडित निर्माण व्यवसायी साहले बताएका छन् । उनीहरुकै “सेटिङ” मा आफूहरुलाई टेण्डर बुझाउनबाट बञ्चित गराइएको आरोप लगाउँदै पीडित निर्माण व्यवसायी साहले टेण्डर प्रक्रिया नै बदर गर्नुपर्ने माग समेत गरेका छन् ।
१२ बजेसम्म टेण्डर बुझाउने समय रहेपनि ११ बजेर ३० मिनेटमै दर्ता गराउन कार्यालय पुगेको बेला गेटमा रहेका वनरक्षक र निर्माण व्यवसायी संघका एक समूहले हातपात गर्दै प्रवेशमा रोक लगाएको उनको आरोप छ ।
यता डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोष झाले आफू कार्यालय भित्र रहेको र गेट बाहिर केही निर्माण व्यवसायीहरु एकआपसमा विवाद गरेको मात्र आफूलाई जानकारी भएको बताउँदै टेण्डर प्रक्रियामा वनको तर्फबाट कुनै “सेटिङ” र अवरोध नरहेको दाबी समेत गरेका छन् ।
डिभिजन वन कार्यालय सप्तरीले कञ्चनरुप नगरपालिकास्थित सवडिभिजन वन कार्यालयको भवन निर्माणका लागि ४२ लाखको लागतमा ४ कोठे भवनका लागि टेण्डर आह्वान गरेको थियो । उक्त भवन निर्माण कार्यका लागि २७ वटा टेण्डर बिक्रि भएकोमा निर्धारित समयभित्र ३ जनाले मात्र बुझाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ