News Category 2077/10/13

अनेरास्ववियुद्वारा मन्त्रीहरुलाई कालो झण्डा देखाईयो 

दैनिक समाचारदाता

अनेरास्ववियुद्वारा मन्त्रीहरुलाई कालो झण्डा देखाईयो 

दैनिक समाचारदाता
राजविराज, १३ माघ । 
    प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरद्वारा राजविराजमा आयोजित सभालाई सम्बोधन गर्न राजविराज प्रवेश गर्न लागेका मन्त्रीहरुलाई अनेरास्ववियु सप्तरीले कालो झण्डा देखाएको छ । 
    मंगलबार जनजागरण सभाको लागि राजविराज प्रवेश गर्दै गर्दा मन्त्रीहरुलाई अनेरास्ववियु सप्तरीका विद्यार्थी नेताहरुले अध्यारी पेट्रोल पम्प अगाडी कालो झण्डा देखाईएको हो । 
    यता राजविराजस्थित राजरंगशालामा आयोजना गरिएको कार्यक्रम स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ठूलो संख्यामा परिचालन गरिएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट