News Category 2077/10/20
गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा कोइलाडी र सकरपुरा
दैनिक समाचारदाता
राजविराज, २० माघ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको फाइनल खेलामा कोइलाडी र सकरपुरा भिड्ने भएका छन् । वडा नं. ४ कोइलाडी र वडा नं. ३ सकरपुराबीच बुधबार फाइनल खेल हुदैछ ।
यता मंगलबार सम्पन्न खेलमा वडा नं. ५ को. बर्साइनले वडा नं. १ तिलाठीलाई ५१ रनले पराजित गरेको छ । सम्पन्न खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको वडा नं. ५ को. बर्साइनले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाई १३४ रन बनाएको थियो । जसमा दिपेश सरदारले विष्फोटक ब्याटिङ गर्दै २ छक्का र ४ चौकाको मद्तले २२ बलमा ३७ रन बनाए भने राजेश रजकले एक छक्का र ३ चौकाको मद्तले अविजित ३४ रन तथा कृष्णा साहले १५ र प्रकाश मण्डलले १४ रनको योगदान दिए ।
तिलाठीको लाागि मुकुन्द मोहन मिश्र, जितेन्द्र यादव, मुकुन्द माधव मिश्रा, लक्ष्मी राय र श्रवण मोहम्मदले १÷१ विकेट लिए । १ सय ३५ रन पछ्याएको तिलाठी टिम १७ ओभर १ बलमा अल आउट हुँदै ८३ रन मात्र जोड्न सक्यो । तिलाठीकालागि श्रवण मोहम्मदले ७ चौकाको मद्तले सर्वाधिक ३४ रन बनाएका थिए भने लक्ष्मी रायले १६ तथा जितेन्द्र यादवले अविजित १० रन बनाएका थिए ।
को. बर्साइनकालागि राजेश रजकले घातक बलिङ गर्दै ३ ओभरमा १३ रन खर्चेर ४ विकेट लिए भने दिपेश मण्डलले ३, दिपेश सरदारले २ तथा कृष्णा साहले १ विकेट लिंदै आफ्नो टिमलाई जित दिलाए । उक्त खेलमा को. बर्साइन टिमका राजेश रजकलाई तिलाठी कोइलाडी गाउँपालिकाका कार्यक्रम अधिकृत तथा प्रतियोगिता संयोजक राजेश कुमार झाले ट्रफी प्रदान गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/12 हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश
- 2081/01/12 लोहजरा दहमा पत्रकार महासंघको साधारण सभा हुने
- 2081/01/11 प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन समितिका सदस्यमाथी कारवाहीको माग
- 2081/01/11 बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
- 2081/01/11 महिला हिंसा रोक्न सबै एकजुट हुनु पर्छ ः उपाध्यक्ष
- 2081/01/10 सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो
- 2081/01/10 जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
- 2081/01/10 छिन्नमस्ता गाउँपालिकाद्वारा सशस्त्र प्रहरीको मेस भवन निर्माण
- 2081/01/07 सरोकारबाला एकजुट भए बालविवाह चाडै नियन्त्रणमा आउछ ः जिसस प्रमुख साह
- 2081/01/07 राससले पायो लालपुर्जा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ