News Category 2077/10/25
बिराटनगर क्रिकेट क्लबद्वारा सप्तरी ११ पराजित
दैनिक समाचारदाता
राजविराज, २५ माघ ।
बिराटनगर क्रिकेट एकेडेमी र सप्तरी ११ बिच शनिवार सम्पन्न मैत्रिपुर्ण एक दिवसिय क्रिकेटमा बिराट क्रिकेट एकेडेमीले सप्तरी ११ लाई २ बिकेटले पराजित गरेको छ ।
तिलाठि कोईलाडि गाउँपालिका अन्र्तगत बभनगामाकट्टी क्रिकेट मैदानमा सप्तरी ११ ले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गरेको थियो । निर्धारित ४० ओभरको खेलमा २२ ओभर १ बलमा सम्पुर्ण बिकेट गुमाई ९४ रनमै समेटिएको थियो ।
सस्तोमा समेटन बिराटनगरका बलर प्रशान्त साहले ६ ओभर १ बलम २० रन दिई महत्वपुर्ण ५ बिकेट लिएका थिए भने उनलाई श्रवण किशु २ तथा सुयोग कार्कि र खितिक कामतले १÷१ बिकेट लिएका थिए । सप्तरी ११ का लागि मो. सकिमले २९, निरज यादव १५ तथा आशिष झाले १३ रनको योगदान दिएका थिए ।
९५ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको बिराटनगर क्रिकेट एकेडेमीले रोमान्चक तरिकाले १९ ओभरमा ८ बिकेट गुमाई उक्त लक्ष्य भेटाएका थिए । कुनै समय ७९ रनमै ८ बिकेट गुमाएका बिराटका लागि प्रशान्त साहले उत्कृष्ट ब्याटिंग गर्दै आफनो टिमलाई जित दिलाएका थिए ।
प्रशान्तले १० बलमा २ छक्काको मद्धतले नटआउट रहि २७ रनको योगदान दिएका थिए भने कपिल मण्डलले १३ रनको योगदान दिएका थिए । बलिंग तर्फ सप्तरी ११ का अजय यादवले ३ तथा असन जमाल र राज बर्माले क्रमशः २ र १ बिकेट लिएका थिए । खेलमा उत्कृष्ट प्रर्दशन गरे वापत बिराटनगर क्रिकेट एकेडेमीका प्रशान्त साह भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ