News Category 2077/11/09
कारको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, दुईको गम्भिर
दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ पूर्वपश्चिम राजमार्गस्थित चाँदनी चौक नजिकै कारको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु गएको छ भने दुर्घटनामा दुई जना गम्भिर घाइते भएका छन् ।
सो सडकखण्डमा आइतबार बिहान ६ बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको बा.१०च. २५२४ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको बा.२६प. २२६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार उदयपुरको त्रियुगा नगरपालिका ६ बस्ने २२ वर्षिय विपिन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ठक्करबाट टाउँकोमा गम्भिर चोट लागेका चौधरीलाई रायपुरस्थित युनिक अस्पतालमा प्रारम्भिक उपचारपछि बिराटनगरस्थित न्युरो अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।
दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल सवार सिरहाको लहान नगरपालिका २० निवासी २५ वर्षिय प्रेम चौधरीको सोही अस्पतालमा तथा सुरुङ्गा नगरपालिका १ बस्ने अर्का घाइते ४५ वर्षिय प्रेम चौधरीको युनिक अस्पतालमा उपचार भइरहेको छ ।
ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्त्रीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
- 2082/09/23 अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
- 2082/09/23 दुई पालिकामा न्यानो कम्बल वितरण
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
- 2082/09/20 मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
- 2082/09/20 कारले मोटरसाइकललाई ठक्कर दिदा पत्रकार कर्ण घाइते
- 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ