News Category 2077/11/09
कारको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, दुईको गम्भिर
दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ पूर्वपश्चिम राजमार्गस्थित चाँदनी चौक नजिकै कारको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु गएको छ भने दुर्घटनामा दुई जना गम्भिर घाइते भएका छन् ।
सो सडकखण्डमा आइतबार बिहान ६ बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको बा.१०च. २५२४ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको बा.२६प. २२६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार उदयपुरको त्रियुगा नगरपालिका ६ बस्ने २२ वर्षिय विपिन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ठक्करबाट टाउँकोमा गम्भिर चोट लागेका चौधरीलाई रायपुरस्थित युनिक अस्पतालमा प्रारम्भिक उपचारपछि बिराटनगरस्थित न्युरो अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।
दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल सवार सिरहाको लहान नगरपालिका २० निवासी २५ वर्षिय प्रेम चौधरीको सोही अस्पतालमा तथा सुरुङ्गा नगरपालिका १ बस्ने अर्का घाइते ४५ वर्षिय प्रेम चौधरीको युनिक अस्पतालमा उपचार भइरहेको छ ।
ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्त्रीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ