News Category 2077/11/09
प्रधानमन्त्रीलाई पद छाडी आन्दोलनमा आउन काँग्रेस वरिष्ठ नेता पौडेलको आह्वान
दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद छाडी आन्दोलनमा आउन आह्वान गरेका छन् ।
मधेश सम्मान यात्राका क्रममा आइतबार राजविराज आइपुगेका काँग्रेसका वरिष्ठ नेता पौडेलले नेपाल प्रेस युनियन सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो आह्वान गरेका हुन् ।
प्रधानमन्त्री ओलीले शनिबार बिराटनगरको कार्यक्रममा अदालतलाई धम्क्याउँदै दिएको अभिव्यक्ति प्रति कडा असन्तुष्टि पोख्दै नेता पौडेलले कुर्सी छाडेर आन्दोलनमा आउन प्रधानमन्त्री ओलीलाई आह्वान गरे ।
वरिष्ठ नेता पौडेलले प्रधानमन्त्रीले चालेको कदम पूर्णत असंबैधानिक रहेको भन्दै यसबारे नेपाली काँग्रेसप्रति कुनै पनि भ्रम र अस्पष्टता नराख्न आग्रह समेत गरे ।
प्रतिनिधिसभा विघटन गरेर चालिएको कदम सच्याउन त्यसको पुर्नस्थापना नै जरुरी रहेको भन्दै उनले सर्वोच्च अदालतमा विचाराधिन रहेको यस विषयमा अदालतले पनि संविधान कै आधार टेकेर निर्णय दिनेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।
प्रधानमन्त्रीका कदम बिरुद्ध काँग्रेसले देशैभरिका सम्पूर्ण स्थानिय तहका वडा वडामा पुगेर विरोध प्रदर्शन गरिरहेको बताउँदै उनले काँग्रेस आन्दोलनबाट पछि नहट्ने दाबी समेत गरे ।
मधेश सम्मान यात्राका क्रममा आफू मधेशका जिल्लाको भ्रमणमा निस्केको जानकारी दिँदै उनले सप्तरीले २००७ सालदेखी नै प्रजातन्त्रका लागि ठूलो योगदान पुर्याएको स्मरणसमेत दोहोर्याए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/01 १२ वर्षिया प्रतिक्षा हराइरहेको बेला अचानक फेसबुकमा तस्बिर सार्वजनिक भएपछी परिवारजन चकित
- 2082/07/30 स्थानीयस्तरमै आयश्रोतका साथै रोजगारीको अवस्था सृजना गरौं
- 2082/07/30 करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
- 2082/07/30 राजविराजका देवसहित चार जना खैरो हिरोइनसहित पक्राउ
- 2082/07/30 कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
- 2082/07/29 एमाले सप्तरीद्वारा शक्ति प्रदर्शन
- 2082/07/28 लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित
- 2082/07/28 जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
- 2082/07/28 करदाता सेवा कार्यालय नसार्न भन्दै संकलन गरिएको हस्ताक्षर बुझाइयो
- 2082/07/28 कार्यवाहक वडाअध्यक्षको गैरकानुनी सिफारिसका कारण आफूहरु अन्यायमा ः दास दाजुभाई
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ