News Category 2077/11/09
आगोले जलेर गम्भिर भएकी निरसीलाई उपचार खर्चको अभाव
दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
आगोबाट जलेर गम्भिर घाइते भएकी एक महिलालाई उपचार खर्च अभावमा अहिले समस्या परेको छ ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा झण्डै एक महिनादेखी उपचार गराइरहेकी राजविराज नगरपालिका १० दिघवा टोलकी २५ वर्षिया निरसीदेवी खंगलाई उपचार खर्च बढेपछि उनी समस्यामा परेकी छिन् ।
गत माघ १३ गते चिसो छल्न बालिएको घुर साडीमा सल्केर शरीरको छाती भन्दा मुनीको पुरै भाग जलेर गम्भिर घाइते भएकी उनलाई उपचारका लागि सो अस्पतालको सर्जिकल विभागमा भर्ना गरिएको थियो ।
हाल सोही अस्पतालमा उपचार लम्बिदै गएपछि खर्च पनि बढेकोले तनावमा परेको पति राजाराम खंगले जानकारी दिए । ऐलानी जग्गामा बसोवास गर्दै आएका खंग दम्पत्तिको एक मात्र सन्तान छन् । उनीहरु दैनिक अर्काको घर र खेतमा काम गरेर जिविकोपार्जन गर्दै आएका थिए । तर, निरसी जलेर गम्भिर घाइते भएका कारण पति उनकै रेखदेखमा खट्ने गरेकाले अहिले रकम अभाव हुँदा उपचार खर्च मात्र नभएर हातमुख जोड्न समेत समस्या भएको छ ।
बढी मुल्य पर्ने औषधीका कारण हालसम्म दैनिक मजदुरी गरेर कमाएको २१ हजार रुँपैया पनि खर्च भइसकेकोले अहिले औषधी किन्ने पैसा समेत नरहेको पति राजारामले जानकारी दिए । पत्नीको उपचारका लागि वडा कार्यालयदेखी टोलका साहु महाजनसम्म सहयोगको याचना गरेपनि कत्तै सहयोग नपाएको राजारामले सुनाए ।
पीडित महिलाकी दिदी सचोदेवीले गरिबी कै कारण बहिनीको उपचारमा समस्या भएको बताउँदै सहयोगको याचना गरेकी छिन् ।
चिकित्सकले बाहिर लगेर थप उपचार गराउन पनि सल्लाह दिएपनि रकमको अभावमा लान नसकिएको उहाँले लाचारी व्यक्त गर्दै सम्पूर्ण सरोकारवाला पक्षहरुसँग सहयोगका लागि याचना समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ