News Category 2077/11/10
सशस्त्र प्रहरीद्वारा लागुऔषधसहित तीन पक्राउ
दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
सशस्त्र प्रहरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका क्षेत्रबाट सोमबार तीन यूवकलाई लागुऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मोरङ पथरीका २३ वर्षिय निर्मल परियार, २२ वर्षिय करन लिम्बु र २५ वर्षिय करन तामाङ रहेको सशस्त्र प्रहरीले जनाएको छ । भारतबाट झोलामा लागुऔषध बोकेर पैदल आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
गाउँपालिकास्थित बेल्ही भन्सार कार्यालय सुरक्षार्थ खटिएको सशस्त्र बरिष्ठ प्रहरी हवल्दार सन्तोष पासवान नेतृत्वको टोलीले चेकजाचका क्रममा पक्राउ परेकाहरुको साथबाट प्रतिबन्धित लागुऔषध फेनारगन सुई १०, डाइपाम सुई १० र लेजेसिक सुई ११ थान बरामद गरेको सशस्त्र प्रहरी बल नं. ६ हेडक्वाटर राजविराजका प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् ।
पक्राउ परेकाहरुलाई तिलाठी प्रहरी चौकीमा बुझाई आवश्यक कारवाही प्रक्रिया सुरु गरिएको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- 2082/10/03 सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
- 2082/10/03 सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
- 2082/10/03 छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति
- 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
- 2082/10/01 योग दिवस मनाइयो
- 2082/10/01 मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
- 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ