News Category 2077/11/10
विहे प्रयोजनका लागि बन्द भएको विद्यालय सूचारु
                
            
दैनिक समाचारदाता
राजविराज, १० फागुन । 
    सप्तरीको राजगढ गाउँपालिका २ स्थित खुबलाल जगरनाथ शक्ति आधारभुत विद्यालयमा विवाह प्रयोजनका लागि बन्द गराइएको विद्यालय सोमबारदेखी सुचारु भएको छ । 
    गाउँकै रामकुमार मण्डलले छोरीको विवाहका लागि विद्यालय प्रयोग गर्न प्रस्ताव राखेका थिए । तर, प्रधानाध्यापक रबिन्द्र यादवले विद्यार्थीको पठनपाठन प्रभावित हुने भएकाले सो प्रस्ताव अस्विकार गरेपछि मण्डल र उनका आफन्तले शुक्रबार राती जबरजस्ती मूल गेटको ताला फुटाएर पण्डाल निर्माण गरेका थिए । 
    यता विद्यार्थी, अभिभावक, विद्यालय र स्थानिय प्रशासनको हस्तक्षेपपछि विद्यालय परिसरमा गाडिएको टेन्ट, पण्डाल लगायतका सरसामानहरु हटाइएपछि सोमबारदेखी पठनपाठन सूचारु भएको छ । 
    विद्यालयमा भोजभतेर, सभासम्मेलन र पठनपाठन नै अवरुद्ध हुने गरि कुनै क्रियाकलाप गर्नुहुन्न भनी सम्झाउँदा पनि मण्डलले नमानेको उनको भनाई छ । 
    बिहेमा जबरजस्ती विद्यालय बन्द गराएको विषयमा निकै आलोचना भएपछि प्रअ यादवले यस विषयमा स्थानिय प्रशासनलाई समेत जानकारी गराएपछि सोमबार बिहानै प्रहरी, अभिभावक र विद्यार्थीको सहयोगमा विद्यालय परिसर खाली गराई पठनपाठन सूचारु भएको छ । 
    यस्तै वडा अध्यक्ष ललित सिंहले भविष्यमा पठनपाठन नै अवरुद्ध हुने गरि विद्यालय हाताभित्र कुनै पनि कार्यक्रम गर्न नदिने गरि वडा र गाउँपालिका कार्यालयबाट ठोस निर्णय गर्ने तयारी भइरहेको जनाएका छन् । 
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/17 स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
 - 2082/07/16 बलात्कार मुद्दाका दोषी कारागारबाट भागेर पीडितसँगै गरे बिवाह
 - 2082/07/16 विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
 - 2082/07/16 लालपूर्जाको माग गर्दै राजविराजवासी पुनः आन्दोलनको तयारीमा
 - 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
 - 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
 - 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
 - 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
 - 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
 - 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै
 
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
 - 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
 - 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
 - 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
 - 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ