News Category 2077/11/17
श्रोत नखुलेको तीन लाख शरीरमा लुकाएको अवस्थामा महिला पक्राउ
दैनिक समाचारदाता
राजविराज, १७ फागुन ।
श्रोत नखुलेको १० लाख रुँपैयासहित दुई महिला पक्राउ परेको एक साता नबित्दै पुन: श्रोत नखुलेको तीन लाख रुँपैयासहित सोमबार एक महिला पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका १ निवासी ५५ वर्षिया गितादेवी महतो छिन् । सीमावर्ती भारतीय कुनौली बजारबाट बिहान ११ बजेतिर पैदलै आउँदै गरेकी महतोलाई श्रोत नखुलेको तीन लाखसहित तिलाठी कोइलाडी गाउँपालिका १ स्थित खाडो खोला क्षेत्रबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपाल आउँदै गरेकी महतोमाथी शंका लागि सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट तिलाठीका सशस्त्र प्रहरी सहायक निरिक्षक रामनारायण महतो नेतृत्वमा महिला प्रहरीसहितको टोलीले चेकजाच गर्दा महिलाले भित्री बस्त्रमा लुकाएको तीन लाख रुँपैया बरामद गरेको हो ।
पक्राउ परेकी महिलालाई आवश्यक कारवाहीका लागि सोमबारै बेल्हीस्थित राजविराज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बल नं. ६ हेडक्वाटर राजविराजका प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् ।
यसअघि फागुन ११ गते पनि सोही क्षेत्रबाट श्रोत नखुलेको १० लाख रुँपैयासहित सोही गाउँपालिकाकी ३८ वर्षिया कबिता दास र २२ वर्षिया रिंकु दास पक्राउ परेकी थिइन् ।
सशस्त्र प्रहरी उपरिक्षक श्रेष्ठले हुन्डि कारोबारमा संलग्न भएको आंशका रहेपनि यस बारेमा नेपाल प्रहरीको समन्वयमा थप अनुसन्धान हुने जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ