News Category 2077/11/19
आगोले जलेकी खंगलाई इन्सेकद्वारा सहयोग

दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
राजविराज/राजविराज नगरपालिका १० दिघवाकी २५ वर्षिया निरसी खंगलाई उपचार खर्च जुटाउन समस्या परेको बेला अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सहयोग प्रदान गरेको छ ।
इन्सेकद्वारा राजविराज नगरपालिकामा गठित मानव अधिकार निगरानी समूहले बैठक खर्चसहित ६ हजार रुपियाँ आगलागी पीडित गरिव तथा असहाय दलित महिलालाई प्रदान गरेको हो ।
महिलालाई उपचार खर्च जुटाउन र पोषणयुक्त खानामा समस्या परेको बेला समूहले वैठक खर्चवापतको १ हजार ५ सय र कार्यसमिति पदाधिकारीबाट सहयोगस्वरुप उठाएको ४ हजार ५ सय गरी ६ हजार रुपियाँको प्रोटिनयुक्त खानेकुरा सहयोग गरेको सहजकर्ता दिपक यादवले जानकारी दिएका छन् ।
निगरानी समूहका पदाधिकारीहरु अस्पताल पुगेर हर्लिक्स र फलफूलको जुसलगायतका सामाग्री उपलब्ध गराएको समूहकी कोषाध्यक्ष नानीमैया कटवालले बताइन् । विरामीको स्वास्थ्य अवस्था बुझन् नियमित अस्पताल जाने र पाँच/पाँच दिनमा प्रोटिनयुक्त आहारा लिएर समूहका पदाधिकारी जाने व्यवस्था मिलाइएको पनि उनले बताइन् ।
यता अस्पतालका मेसु डा. रन्जित झाले अस्पतालमा ‘बर्न सेन्टर’ नभएकाले उपचारका लागि काठमाडौं वा किर्तिपुर लैजान सुझाव दिएका छन् ।
यसअघि युवा सशक्तिकरण संघ नेपाल सप्तरीका अध्यक्ष किशोर कुमार यादवले ३ हजार १ सय रुपैयाँ, बालाजी डेन्टल केयर प्रालिका निर्देशक विवेक झा र सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झाले अस्पतालमै पुगि १ हजार १ सयका दरले, पार्थो सरकारले १ हजार १ सय, नन्द किशोर गुप्ताले ५ सय, रामकृष्ण रजक तथा ओमप्रकाश यादवले १/१ सय आर्थिक सहयोग प्रदान गरेका थिए ।
गरिबीका कारण उपचार खर्च जुटाउन नसक्दा जिवनमरणको दोसाधमा रहेकी निरसी गत माघ १३ गते चिसो छल्न बालिएको घुरबाट सल्केको आगोले जलेर गम्भिर घाइते भएकी छिन् । उनको हाल राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
ऐलानी जग्गामा बसोवास गर्दै आएका चार वर्षिय छोरीकी आमा खंग मजदुरी गरेर गुजारा चलाउँदै आएकी थिइन् । पति राजाराम पनि अर्काको घर र खेतमा काम गर्दै आएका थिए । तर, विगत एक महिनादेखी पत्नि अस्पतालमा धर्ना भएपछि रेखदेखमै खटिनु परेकाले राजारामको पनि आम्दानीको सबै बाटो बन्द भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2078/01/03 प्रधानमन्त्री स्वेच्छाचारी तरिकाले अघि बढीरहेका छन् : डा. कोइराला
- 2078/01/03 हात्तिको आक्रमणबाट एकको मृत्यु
- 2078/01/03 बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
- 2078/01/03 बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु
- 2078/01/03 कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
- 2078/01/02 ज्येष्ठजनसँग आशिष थाप्दै जुडशितल पर्व मनाईयो
- 2078/01/02 चैती छठको तयारी सुरु, आज नुहाई खाई
- 2078/01/01 नयाँ वर्षको अवसरमा लाग्ने दुई मेला प्रशासनको निर्देशनपछि स्थगित
- 2078/01/01 कोरोनाका त्रासकाबीच रमजान सुरु
- 2078/01/01 पाराभेटेरिनरी लाईफस्टक एशोसिएशनको अध्यक्षमा पाण्डे निर्विरोध चयन
अन्तर्राष्ट्रिय समाचार
- 2077/12/31 भारतद्वारा रुसी खोप “स्पुतनिक भी” लाई अनुमति
- 2077/12/13 चीनद्वारा बेलायती नागरिक र संस्थामाथि प्रतिबन्धहरु घोषणा
- 2077/10/21 पाकिस्तानमा खोप अभियान शुरु, चिनियाँ सिनोफार्मको खोप लगाइने
- 2077/10/19 म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
- 2077/08/15 भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो