News Category 2077/11/19

राजबिराज प्रिमियर लिगमा तिलाठी र खडक बिजय 

दैनिक समाचारदाता

राजबिराज प्रिमियर लिगमा तिलाठी र खडक बिजय 

दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
    लायन्स क्रिकेट एकेडमी राजबिराज ५ द्वारा संचालित राजबिराज प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार दोस्रो दिनको पहिलो खेलमा तिलाठी कोईलाडीले राजबिराज वडा ११ लाई ६ बिकेटले र खडकले राजबिराज १ लाई ४३ रनले पराजित गरेको छ । 
    स्थानिय पबि माबिको खेलमैदानमा सम्पन्न पहिलो खेलमा टस जितेर राजबिराज नपा ११ ले निर्धारित २० ओभरमा ७ बिकेट गुमाई १ सय ३० रनको योगफल खडा गरेको थियो । जसमा टिमका लागि संतोष खडगा ३७ रन, पारस यादब अविजित २२ र सचिन यादब ले ३० रनको योगदान गरेका थिए ।
    बलिंगतर्फ तिलाठी कोईलाडीका सुरज मण्डलले ३ विकेट, दिपेश सरदार, अजय मरिकले १ विकेट हात पारेका थिए । 
    जवाफमा तिलाठी कोईलाडीले १६ ओभर ५ बलमा ४ बिकेट गुमाएर बिजय हासिल गरेको थियो । जसमा टिमका लागि दिपेश सरदारले अविजित ३४ रन, साकेत सिँह २८ सुरज मण्डल २५ तथा लक्ष्मी रायले १३ रन बनाएपछि जित सहज भएको हो ।
    बलिँगतर्फ राजबिराज ११ का अमन यादब २ तथा सचिन यादव र संतोष खडगाले समान्य १/१ बिकेट हात पारे । सो खेलको म्यान अफ दि म्याच तिलाठी कोईलाडीका सुरज मण्डल घोषित भए । 
    यस्तै बुधवारै सम्पन्न दोस्रो खेलमा राजबिराज १ लाई ४३ रनले पराजित गर्दै खडक नगरपालिका बिजय भएको छ । 
    टस जितेर खडक ले निर्धारित २० ओभरमा ७ बिकेट गुमाई १ सय ३१ रनको योगफल खडा गरेको थियो । जसमा आशिष झा ३३ रन, पप्पु साह २३, मिकु मण्डल अबिजित १४ तथा प्रशान्त रायले १६ रन जोडेका थिए ।
    बलिंग तर्फ राजबिराज १ का संतोष सिँह ३ बिकेट, मोहम्मद अजाद २ बिकेट तथा उदित राय, सिमान्त रायले समान्य १/१ बिकेट हात पारेका थिए ।
    जवाफमा १ सय ३१ रनको लक्ष्य लिएका राजबिराज वडा १ ले १५ ओभर ५ बल खेल्दै सबै बिकेट ८८ रन मै सिमित रहेका थिए । जसमा निरज यादब २८ रन, संजय यादब ११ तथा चन्द्रप्रकाश र अजय यादबले १०/१० रन जोडे पनि जित हासिल गर्न सकेन ।
    यता बलिँगतर्फ खडक नगरपालिका टिमका अजय यादब ४ बिकेट तथा निकु मण्डल/मनिष मण्डल/प्रशान्त सिँह ले समान्य २/२ बिकेट लिएपछि जित सहज भएको हो । सो खेलमा बिजय टिमका अजय यादब म्यान अफ दि म्याच घोषित भएको आयोजक समितिका तिर्थ नारायण दासले जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट