News Category 2077/11/19
सप्तरीका चर्चित व्यापारी तथा आइएमई संचालक सिन्धी दाजुभाई करोडौं लिएर फरार
दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
राजविराजका चर्चित व्यापारी, जग्गा कारोबारी तथा एक आइएमइ शाखा संचालक सिन्धी दाजुभाई तीन दिनदेखी करोडौ रकम लिएर सम्र्पकविहिन भएका छन् ।
विदेशमा आफन्तले कमाएर पठाएको विभिन्न व्यक्तिको करोडौ रुपैया लिएर फरार भएपछि अहिले सप्तरी सदरमुकाम राजविराजमा खैलाबैला मच्चिएको छ ।
राजविराजको मुटुमै रहेको गजेन्द्र चौकमा कपडा पसल र आइएमइको शाखा समेत खोलेर कारोबार संचालन गर्दै आएका सुनिल सिन्धी र उनका दाई संजय सिन्धी तीन दिनदेखी करोडौं रकम लिएर सम्पर्कबिहीन भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिनेहरुको ओइरो लागेको छ ।
सुनिल र संजय सहोदर दाजुभाई हुन् । उनीहरुले आफ्नो नाममा रहेको सबै सम्पत्ति समेत गोप्य ढंगले बिक्रि गरि आइएमईबाट विदेशका विभिन्न स्थानबाट पठाइएका रकम पनि हिनामिना गरेर फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
विदेशबाट पठाएको रकम आफन्तले लिन जाँदा तिन दिन अघि कतिपयसँग भुक्तानी लिएको रसिदमा सही छाप गराएको पाइएको छ । रकम माँग गर्दा कहिले कम्प्युटर खराब, त कहिले नेट बिक्रेको छ लगायतका विभिन्न बहाना बनाउँदै भुक्तानी नदिएर भोलीपर्सी आउनु भनी आलटाल गर्ने गरेको पीडितहरुको भनाई छ ।
पीडित मध्येका विष्णुपुर गाउँपालिका ७ का बिन्देश्वर मण्डलले मलेशियाबाट छोरा प्रमोदले २ लाख १८ हजार रुँपैया पठाएको सुनाए । उनले रकम भुक्तानी लिन आउँदा कागजमा पहिले नै सही गराएपनि दुई दिनपछि आउन भन्दै भुक्तानी नदिएको गुनासो पोखे । उनलाई बुधबार बोलाइएकोमा सोही दिन आउँदा दाजुभाई दुबै फरार भइसकेको थाहा पाएपछि विचल्लीमा परेका छन् ।
त्यस्तै डाक्नेश्वरी नगरपालिका २ की लालो खतुनले बहिनीको विवाहका लागि छोराले कतारबाट आफ्नो नाममा पठाएको ९ लाख रुँपैया एक साता अघि नै भुक्तानी लिन आएकोमा विवाहको बेलामा लैजानु होला, पैसा यही सुरक्षित रहन्छ भन्दै दाजुभाईले आलटाल गरेका थिए । उनी पनि बुधबार रकम लिन आएपछि अफिस नै बन्द रहेको देखेपछि प्रहरी कहा पुगेकी थिइन् ।
यस्तै महदेवा गाउँपालिका २ का बिनोद मण्डल, श्यामादेवी मण्डल, बिष्णुपुर गाउँपालिकाका रामप्रित यादव, राजगढ गाउँपालिकाका दिनेश मण्डल, राजविराज ७ का श्रवण दास, डाक्नेश्वर नगरपालिका ५ का महेश महतो, सत्रुहन मण्डल लगायतका गरि २ करोड भन्दा बढी रकम भुक्तानी नपाएको भन्दै बुधबार प्रहरीमा उजुरी दिएका छन् ।
यस्तै भुक्तानी लिन बाँकी रहेकाहरु ठूलो संख्यामा आउने क्रम अझ जारि नै रहेकाले ५० करोड भन्दा बढी रकम घोटला भएको अनुमान गरिएको छ ।
जग्गा कारोबारी समेत रहेका आइएमइ संचालक दुबै दाजुभाईले प्रयोग गर्ने मोबाइल नं. ९८०१५०००११ र ९८१५७१४५३५ लगातार स्विच अफ रहेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले पीडितहरु सबैको जाहेरी लिने कामसँगै यस बारे आवश्यक अनुसन्धान पनि सुरु गरिएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ