News Category 2077/11/20
करोडौं रकम लिएर फरार व्यापारी दाजुभाई बिरुद्ध प्रहरीमा उजुरी दिनेको ओइरो
दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
राजविराजस्थित एक आइएमई संचालक दाजुभाईले विदेशबाट आफन्तले पठाएको रकम झिकेर सम्पर्क बिहीन भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिनेहरुको ओइरो लाग्न थालेको छ ।
राजविराजको मुटु मानिने गजेन्द्र चौकमा कपडा पसलसँगै आइएमईसमेत संचालन गरि बसेका संचालक दाजुभाई संजय सिन्धी र सुनिल सिन्धी पसल र अफिस दुबै बन्द गरेर चार दिनदेखी फरार भएपछि प्रहरीमा पीडितहरुद्वारा उजुरी दिनेको आइरो लागेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी भुवनेश्वर साहका अनुसार बिहीबारसम्ममा १६ जनाले सिन्धी दाजुभाई बिरुद्ध झण्डै ७६ लाख रुँपैया लिएर भागेको भन्दै ठाडो उजुरी दिएका छन् ।
उक्त उजुरी उपर छानबिन तथा फरार रहेका सिन्धी दाजुभाईको खोजिकार्य जारि रहेको बताउँदै उनले सबै पीडितको संख्या यकिन गरिसकेपछि अनुसन्धानलाई अझ फराकिलो र तिब्र बनाउँदै लगिने बताए ।
चार दिनदेखी फरार रहेका सिन्धी दाजुभाई आफ्नो परिवारसहित नाममा रहेको सबै सम्पत्ति समेत गोप्य ढंगले बिक्रि गरि आइएमईबाट विदेशका विभिन्न स्थानबाट पठाइएका रकम पनि हिनामिना गरेर फरार भएको र यसबारे गहिरो अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
अनुसन्धानको क्रममा विदेशबाट पठाएको रकम आफन्तले लिन जाँदा तिन दिन अघि कतिपयसँग भुक्तानी लिएको रसिदमा सही छाप गराएको पाइएको छ ।
भुक्तानी लिन बाँकी रहेकाहरुका साथै सुनचाँदी बन्धकी जग्गा धितो वापतको रकम लगायतका विषयमा समेत धमाधम ठूलो संख्यामा उजुरी आउन थालेकाले ५० करोड भन्दा बढी रकम घोटाला भएको अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
- 2082/09/23 अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
- 2082/09/23 दुई पालिकामा न्यानो कम्बल वितरण
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
- 2082/09/20 मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
- 2082/09/20 कारले मोटरसाइकललाई ठक्कर दिदा पत्रकार कर्ण घाइते
- 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ