News Category 2077/11/21
अविश्वास प्रस्तावको समर्थन गर्नुपर्छ : काँग्रेस महामन्त्री कोइराला
दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अविश्वास प्रस्तावको समर्थन गर्नुपर्ने धारणा राखेका छन् ।
सप्तरीको तिलाठी गाउँपालिका १ स्थित तिलाठीमा १८ वर्षअघि आफैले शिलान्यास गरेको तृप्ति नारायण मेमोरियल इएनटी अस्पतालको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दै महामन्त्री कोइरालाले सो धारणा राखेका हुन् ।
अविश्वास प्रस्तावको पक्षमा जानु पर्ने धारणा सार्वजनिक गर्दै महामन्त्री कोइराला नेकपा दाहाल–नेपाल पक्षसँग सहकार्य हुने संकेत समेत गरेका छन् ।
महामन्त्री कोइरालाले अविश्वास प्रस्तावमा जानुु भन्दा अगाडी कसलाई प्रधानमन्त्री बनाउने बारेमा पनि निश्कर्षमा पुग्नु आवश्यक रहेको भन्दै शेर बहादुर जी आफै प्रधानमन्त्री बन्नुहुन्छ वा माधव नेपाल अथवा प्रचण्ड बन्ने हो यसबारे पहिले नै टुङ्गोमा पुग्नु उपयुक्त हुने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले मुलुक अहिले अत्यन्तै अफठ्यारो अवस्थामा रहेको बेला काँग्रेस कतातिर जाने हो भन्ने कुरामा अलमल रहेको जिकिर समेत गरे । उनले कम्युनिष्टहरु मिलेर बनेको नेकपा फुटेका पनि छन्, फुठेका छैनन् पनि जस्तै रहेको अवस्थामा अविश्वास प्रस्तावको समर्थनमा जानु नै आफ्नो धारणा रहेको उल्लेख गरे ।
अस्पतालका अध्यक्ष डा. अनिल झाको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी, राष्ट्रियसभा सदस्य शेखर कुमार सिंह, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह, वडा अध्यक्ष दिनेश्वर मिश्र लगायतले पनि बोल्दै अस्पताल संचालनले यस भेगका साथै सीमावर्ती क्षेत्रका बासिन्दा लगायत आसपासका जिल्लाका जनतासमेत लाभान्वित हुने बताए ।
कार्यक्रममा अस्पतालका लागि निशुल्क जग्गादान गर्ने शैलेन्द्र कुमार झा, सुगानन्द झा, रबिनाथ झालगायतकालाई प्रमुख अतिथि कोइरालाद्वारा सम्मान गरिएको थियो । अस्पताल समितिका सदस्य मनोज मुन्धडाद्वारा स्वागत तथा महासचिव किशोर झाद्वारा अस्पतालको गतिविधी बारे सबिस्तार जानकारी गराइएको कार्यक्रममा पूर्वसासंद सुरेन्द्र यादव, रन्जित कर्ण, रन्जु ठाकुर, काँग्रेस महासमिति सदस्य नागेन्द्र झा, नेपाल परिवार नियोजन संका उपाध्यक्ष अजित मिश्र पप्पु लगायतको पनि उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ